एमाले भरतपुर महानगर कमिटीको अध्यक्षमा शंकर थपलिया, सचिवमा टिकाराम सुवेदी
न्युजभित्तो/२४ कार्तिक २०७८, बुधबार १९:५४
चितवन, कार्तिक २४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भरतपुर महानगर कमिटीको अध्यक्षमा शंकर थपलिया र सचिवमा टिकाराम सुवेदी चयन हुनु भएको छ । यसअघि महानगरकमिटी सचिव रहनु भएका थपलियालाई अध्यक्ष पदमा सर्वसम्मत अध्यक्ष चयन गरिएको हो ।
सचिव सुवेदी पूर्व माओवादी समूहका हुनुहुन्छ । उपाध्यक्ष पद खाली राखिएको छ । पछि मनोनित गर्नेगरी खाली राखिएको एमाले चितवनका अध्यक्ष पार्वती रावलले न्यूजभित्तोलाई जानकारी दिनुभयो । यस्तै उपसचिवमा निशा अधिकारीलाई चयन गरिएको छ भने एक उपसचिव पद खाली राखिएको छ ।
महानगर कमिटी ११७ सदस्सीय चयन गरिएको हो । अझै केही पदमा सहमती गर्नुपर्ने भएका कारण खाली राखिएको उहाँले बताउनुभयो । भोलि केन्द्रीय नेताहरुको उपस्थितिमा महानगर कमिटीका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई सपथ गराउने तयारी गरिएको छ ।