सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्छ : नेता सिंह


  •    न्युजभित्तो/२४ कार्तिक २०७८, बुधबार १६:४९ 
  • काठमाडौँ, २४ कात्तिक । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताउनुभएको छ ।

    गणेशमान सिंह फाउन्डेसनले कांग्रेसका संस्थापक नेता एवम् लौहपुरुष गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आज शोभाभगवतीमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उहाँले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताउनुभएको हो । “सरकार जनताको अभिभावक हो, जनतासँग प्रत्यक्ष जोडिएको समस्या समाधानका लागि सरकारले पहल थाल्नुपर्छ”, नेता सिंहले भन्नुभयो ।

    उहाँले कांग्रेसले आगामी निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन गर्न नहुने उल्लेख गर्नुभयो । नेता सिंहले दुई÷दुईपटक विघटन भएको संसद् अदालतले पुनस्र्थापना गरिदिएको भन्दै ‘अर्ली इलेक्सन’को सम्भावना नरहेको स्पष्ट पार्नुभयो । पाँच दलीय गठबन्धन समन्वय समिति आवश्यक नभएको बताउँदै उहाँले गठबन्धन सरकारको मुख्य काम संविधानलाई सही दिशामा ल्याएर तीनै तहको निर्वाचन समयमा सम्पन्न गर्नु रहेको बताउनुभयो ।

    कांग्रेसले १४औँ महाधिवेशनबाट पार्टीलाई विधिसम्मत नेतृत्व गर्ने सक्षम उम्मेदवार छनोट गर्नुपर्ने उहाँको भनाइ थियो । नेता सिंहले नेपाली जनतालाई सार्वभौम बनाउनका लागि स्व सिंहले नेपाली राजनीतिमा ६ दशक लामो खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै देशमा प्रजातन्त्र स्थापनाका लागि स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

    उहाँले कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई रक्षा गर्दै सङ्घीयता, लोकतन्त्र र समावेशितालाई संस्थागत गर्दै अगाडि बढाउने मुख्य जिम्मा कांग्रेसको भएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.