सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाकालीमा बेपत्ता जयसिंह परिवारलाई आर्थिक सहयोग हस्तान्तरण


  •    न्युजभित्तो/२४ कार्तिक २०७८, बुधबार १६:२७ 
  • दार्चुला, २४ कात्तिक । गत साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम समाज मेरिल्यान्ड अमेरिकाले बेपत्ता जयसिंह परिवारलाई रु दुई लाख आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

    फारवेस्ट राइडरको सहआयोजनामा सदरमुकाम खलङ्गामा आयोजित एक कार्यक्रममा राइडरका सुदूरपश्चिम अध्यक्ष भरतविक्रम शाहले जयसिंह धामीका श्रीमती राजन्ती धामीलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

    मेरिल्यान्ड अमेरिकाका अध्यक्ष दमनविक्रम शाहको अगुवाइमा धामी परिवारका लागि राहत रकम सङ्कलन भएको थियो । बेपत्ता जयसिंह धामीका एक छोरा र एक छोरीको पढाइलेखाइमा सहयोग पुगोस् भन्नका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

    सहयोग रकमलाई सही ठाउँमा सदुपयोग गर्नसमेत उहाँले आग्रह गर्नुभयो । रकम पाएपछि राजन्ती खुसी र भावुक बनेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.