सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछानेसहित तीन जना विरुद्ध आत्महत्या दुरुत्साहन अन्तर्गत किटानी जाहेरी


  •    /१ भाद्र २०७६, आईतवार १५:३१ 
  • चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा  कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जना विरुद्ध आईतबार किटानी जाहेरी परेको छ । पुडासैनीको परिवारले महानगरीय प्रहरी परिसर काठमाडौं मार्फत लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्की बिरुद्ध किटानी जाहेरी दिएको हो । मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै उपस्थित भएर उजुरी दिनुभएको हो ।

    किटानी जाहेरीमा आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको आत्महत्या दुरुत्साहनअन्तर्गत कारवाही गर्न माग गरेको पारिवारिक स्रोतले जनाएको छ ।

    घटना भएको १४ औं दिनमा किटानी जाहेरी परेको हो । यस अघि परिवारले सत्य तथ्य पत्ता लगाई दोषीलाई कारवाही गरी पाउँ भन्ने निवेदन जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता गराएको थियो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले काठमाण्डौंमा उजुरी परेको तर आफूहरुलाई आधिकारिक रुपमा आईनसकेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
    राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
    पर्यटकका आर्कषणमा ऐना पहरा
    • बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
    • धापखर्कका १३ घरमा पानीको अभाव
    • सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव
    • नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.