सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना हुनुपर्ने माग


  •    न्युजभित्तो/१४ कार्तिक २०७८, आईतवार १६:३९ 
  • चितवन, १४ कात्तिक । आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने मागसहित ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक भेला आज सौराहामा सम्पन्न भएको छ । दुई दिने भेलापछि जारी गरिएको सौराहा घोषणापत्रमा प्रतिष्ठान चितवनमा स्थापना गर्न माग गरिएको हो ।

    घोषणापत्रमा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने सम्बन्धमा नेपाल पत्रकार महासङ्घ, केन्द्रीय समितिले निर्णय गरिसकेकाले त्यसको कार्यान्वयन गर्न जोडदार माग गर्दछ भनिएको छ ।

    काभ्रे शाखाले निर्माण गर्दै गरेको महासङ्घको भवनमा आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक प्रबन्ध मिलाउन पनि सम्मेलनले सरकारसँग माग गरेको छ । महासङ्घको प्रदेश कार्यालय रहेको हेटौँडा उपमहानगरपालि–११ स्थित जग्गामा प्रादेशिक सञ्चारग्राम स्थापनाका लागि प्रक्रिया अघि बढाउन आग्रह गरिएको घोषणा पत्रमा उल्लेख छ ।

    यसैगरी प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आवश्यक प्रबन्ध गर्न सम्मेलनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । कोभिड महामारीलगायत कारण देखाउँदै सञ्चारमाध्यमले पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक नदिने जस्ता गतिविधि गरेकोमा सम्मेलनको ध्यानाकर्षण भएको जनाइएको छ । श्रमजीवी पत्रकारलाई पेशाबाट विमुख गराउने कार्यको भत्र्सना गर्दै यस्ता कार्य तत्काल सच्याउन र दिन बाँकी पारिश्रमिक तत्काल उपलव्ध गराउन सम्मेलनले सम्बन्धित पक्षसँग माग गरेको छ ।

    कोभिड महामारीलगायतका समस्याले स्वरोजगारमूलक सञ्चारमाध्यम आर्थिक रुपमा धरासयी बनेको भन्दै केही सञ्चारमाध्यम बन्द भएका र कतिपय बन्द हुने अवस्थामा पुगेकाले सञ्चारमाध्यम टिकाउन आवश्यक आर्थिक प्याकेज ल्याउन सरकारसँग माग गरिएको घोषणा पत्रमा उल्लेख छ ।

    घोषणा पत्रमा भनिएको छ “स्वरोजगारमूलक सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापनको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्दछौं ।” वाग्मती प्रदेश सरकारले स्वतन्त्र प्रेसको संवैधानिक प्रावधानलाई आत्मसात नगरी सरकार आफैले सञ्चार गृह र सञ्चारमाध्यम सञ्चालन गर्ने गरी ल्याएको बजेट संशोधन गरी सञ्चारमाध्यम र सञ्चार संस्थाको प्रवद्र्धनमा खर्च गर्ने व्यवस्था गर्न सम्मेलनले प्रदेश सरकारसँग माग गरेको छ ।

    शनिबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको सम्मेलनको आज आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण खनालले समापन गर्नुभएको हो । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाका अनुसार प्रदेशका १० जिल्लाका महासङ्घका अध्यक्ष, सचिव र कोषाध्यक्ष सम्मेलनमा सहभागी भएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    • आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.