सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडी नगरपालिका– ९ मा पर्ने बाँदरझुलका १८७ जनाले पाए नागरिकता


  •    न्युजभित्तो/१४ कार्तिक २०७८, आईतवार १५:५७ 
  • चितवन, १४ कात्तिक । माडी नगरपालिका– ९ मा पर्ने बाँदरझुलका १८७ जनाले नागरिकता पाएका छन् ।

    जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रममा उनीहरुले नागरिकता पाएका हुन् ।

    कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता पाउने ७० जना पुरुष र ११७ जना महिला रहेका छन् । कार्यक्रममा ९० वर्षीया सुकमाया सेङ्तानले समेत नागरिकता पाउनुभएको छ । उहाँले भन्नुभयो, “कार्यक्रमबाट एकै परिवारका चार÷पाँच जनासम्मले नागरिकता पाएका छन् ।”

    कार्यक्रममा राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन गर्नेको सङ्ख्या १२० रहेको छ । सो स्थनामा नागरिकता वितरण सहजीकरण कार्यक्रम गरिएको यो दोस्रो पटक हो । विसं २०७३ मा पनि यहाँ नागरिकता वितरण गरिएको थियो । यस क्षेत्रका जनतालाई इलाका प्रशासन कार्यालय माडीमा र जिल्ला सदरमुकाम आउन पनि निकै कठिन हुने गरेको छ ।

    चितवन राष्ट्रिय निकुञ्जको जग्गा फँडानी गरी उक्त ठाउँमा सुकुम्वासी बस्ती बसेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    • आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.