सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायाङ्कन सकियो


  •    न्युजभित्तो/१४ कार्तिक २०७८, आईतवार १५:२६ 
  • मनाङ, १४ कात्तिक । बलिउड चलचित्र ‘उचाई’को नेपालको छायाङ्कन सकिएको छ । नेपालमा २५ दिनको छायाङ्कन सकेर बलिउड फिल्म ‘उचाई’ले नेपालको छायाङकन तालिका सकाएको छ ।

    दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा गरेको हो । खोटाङको नाम्चेदेखि मनाङका विभिन्न ठाउँमा छायाङ्कन गरिएको चलचित्रको शुक्रबार पहिलो तालिकाअन्तर्गतको छायाङ्कन सकिएको छ भने दोस्रो भारतका विभिन्न स्थानमा हुने राजश्री प्रोडक्सनले जनाएको छ ।

    उक्त प्रोडक्सनले निर्माण गरेको चलचित्रको छायाङ्कन नेपालमा ४ अक्टोबरबाट सुरु भएको थियो । काठमाडौँमा ह्यात होटल र एयरपोर्टमा केही दृश्य खिचेर टोली नाम्चे लागेको थियो । सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकारले नेपाल आएर छायाङ्कन गरिएको थियो ।

    चलचित्रमा अमिताभ बच्चन भए तापनि स्वास्थ्यका कारण उहाँ नेपाल आउन नसकेपछि उहाँको बडी डबललाई राखेर छायाङ्कन गरिएको थियो । चलचित्रका निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौँ फर्किसकेका छन् । चलचित्रको मुख्य टोली शनिबार एयर इण्डियाको विमानमार्फत भारत फर्किएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.