पुडासैनी मृत्यु प्रकरण : दबाब नदिई स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग गर्न नागरिक समाजको अपील
/३२ श्रावण २०७६, शनिबार २१:३८
चितवन । नागरिक समाज चितवनले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणका सन्दर्भमा स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा कुनै पनि किसिमको दबाब सिर्जना नगरी आवश्यक सहयोग गर्न आम नागरिक समुदायसँग अपील गरेको छ । नागरिक समाज चितवनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै निष्पक्ष, निर्भिक र स्वतन्त्र अनुसन्धान गरी दोषी, निर्दोशिताको निक्र्यौल गरी कानुनको समुचित परिपालना गर्नसमेत सरकारसँग माग गरेको छ ।
नागरिक समाजले विज्ञप्तिमा भनेको छ– ‘नागरिकको अस्वाभाविक मृत्युको छानवीनको क्रममा शंकास्पद व्यक्तिहरु अनुसन्धानमा पक्राउ पर्नु स्वभाविक हो ।’
सचिव गोपीलाल देवकोटाद्वारा जारी विज्ञप्तिमा पत्रकार पुडासैनीको मृत्यु प्रकरणका सन्दर्भमा चितवनमा देखापरेको परिघटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ– ‘मृतकका परिवारद्वारा स्व. पुडासैनीको मृत्यु शंकास्पद भएकोले आवश्यक अनुसन्धान गरी पाउन जिल्ला प्रहरी कार्यालय, चितवनमा परेको जाहेरी उपर अनुसन्धानको सिलसिलामा पक्राउ परेका व्यक्तिहरुसँग जोडिएर भएको आन्दोलनप्रति नागरिक समाज चितवनको ध्यानाकर्षण भएको छ ।’
माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी साउन २० गते नारायणगढको एउटा होटलमा सिलिङ पङ्खामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । त्यसअघि उनी न्यूज २४ टेलिभिजनको ‘सीधा कुरा जनतासँग’ कार्यक्रमको टीममा संलग्न थिए ।
पुडासैनीको मोवाइलमा प्रहरीले फेला पारेको भिडियो रेकर्डमा उनले आफुलाई ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने, सोही टीमका युवराज कँडेल र स्टाफ नर्स अस्मिता भनिने रुकु कार्कीले मर्न बाध्य बनाएको उल्लेख छ ।
उक्त भिडियोको डिजिटल फरेन्सीक ल्याब टेष्ट (डिएफएल) गराइएको र परीक्षणबाट भिडियो पुडासैनीको आफ्नै मोबाईलमा आफ्नै स्वरमा आफैले रेकर्ड गरेको पुष्टि भएको प्रहरी उपरीक्षक मल्लले जानकारी दिनुभएको छ । ल्याबबाट प्रमाणित सोही भिडियोलाई आधार मानी आत्महत्या दुरुत्साहन अन्तर्गत तीन जनालाई पक्राउ गरिएको मल्लले बताउनुभएको छ ।