सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ट्र्याक्टर दुर्घटामा मृत्यु भएका मजदुरका परिवारलाई ३० लाख सहयोग


  •    न्युजभित्तो/१४ कार्तिक २०७८, आईतवार ११:२८ 
  • चितवन, १४ कात्तिक । ट्र्याक्टर दुर्घटामा मृत्यु भएका मजदुरका परिवारलाई रु ३० लाख सहयोग हस्तान्तरण गरिएको छ । मृत्यु भएका छ जना परिवारलाई प्रतिपरिवार रु पाँच लाखका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो ।

    विसं २०७७ चैत २९ गते पूर्वी चितवनको राप्ती –११ स्थित चिउरीखोलामा ना१त ६२८२ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घर ढलान गरेर फर्किँदै गरेका छ मजदुरको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । नगर प्रमुख प्रभा बरालले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहातस्वरुप सहयोग गरिएको जानकारी दिनुभयो । पाँच परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । एक मृतकका दुईवटी श्रीमतीतर्फ चार छोराछोरी रहेकाले चारै जनालाई बराबर हुने गरी दिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उक्त परिवारलाई जिल्ला प्रशासन कार्यालयका रोहवरमा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ ।

    राप्ती नगरपालिकाले रु १५ लाख, खैरहनी नगरपालिकाले रु पाँच लाख, पूर्वी चितवन भवन निर्माण व्यवसायी सङ्घले रु चार लाख, ठेकेदारले रु चार लाख र ट्र्याक्टरधनीले रु दुई लाख गरी रु ३० लाख जम्मा गरेर सहयोग गरेको जनाइएको छ ।

    राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गाबहादुर भुजेलले दुर्घटनाका घाइतेको उपचारमा रु ५० लाखभन्दा बढी खर्च भएको बताउनुभयो । सो खर्च ट्र्याक्टर धनी, ठेकेदार र व्यवसायी सङ्घसँग समन्वय गरी उपचार गरिएको जानकारी दिनुभयो । उहाँले जनप्रतिनिधिका समन्वयमा अस्पतालबाट रु सात लाख बराबरको छुट गराइएको जानकारी दिनुभयो ।

    राप्ती–११ को वडा कार्यालय भवन ढलानको काम सकेर फर्किँदै गरेका कामदार सवार ट्र्याक्टर दुर्घटना हुँदा राप्ती –५ का ३५ वर्षीय खड्क लामा, राप्ती–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, खैरहनी–९ कै ५० वर्षीया छनिया महतो र मकवानपुरको राक्सीराङका एक जनाको मृत्यु भएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.