सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सूर्याेदय टोल सुधार समितिको अधिवेशन सम्पन्न


  •    न्युजभित्तो/१३ कार्तिक २०७८, शनिबार २०:२४ 
  • भरतपुर १३ कार्तिक । सूर्योदय टोल सुधार समिति भरतपुर ४ यज्ञपुरीको सोह्रौं साधारणसभा एवम् आठौं अधिवेशन आज शनिबार होली भिजन पब्लिक स्कुलमा सम्पन्न भयो । अधिवेशनको उद्घाटन गर्दै भरतपुर महानगरपालिका वडा नं ४ का वडाध्यक्ष हरिप्रसाद आचार्यले टोलको विकासमा टोलका सदस्यहरुनै जागरुक भएर योजनावद्ध रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।

     

    टोल सुधार समितिले महिला, बालबालिका, युवा, जेष्ठ नागरिकहरुको हितमा काम गर्न सकेमात्र टोलको विकास हुने जनाउँदै टोलको विकासका योजनामा वडाले निरन्तर सहयोग र सहजीकरण गर्ने बताउनुभयो । अधिवेशनले समाजको विकासमा उल्लेखनीय योगदान गर्ने जयनारायण सापकोटा, यदुमणि चालिसे र पोषराज सुवेदीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

    सूर्योदय टोल सुधार समितिका अध्यक्ष जगतबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होली भिजन पब्लिक स्कुलका सञ्चालक समितिका अध्यक्ष नारायण सापकोटा, टोलका सल्लाहकार प्रेमप्रसाद सापकोटा, बाबुराम छिनाल, जिल्ला सैनिक बोर्ड यज्ञपुरीका सचिव क्याप्टेन गोविन्दबहादुर थापा, चितवन सैनिक कल्याणकारी क्लबका अध्यक्ष प्रेमबहादुर खड्का, कोषाध्यक्ष सीता भण्डारी लगायतकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    अधिवेशनले पुन जगतबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सोमप्रसाद गुरुङ,सचिवमा वेगनाथ गैरे,सह सचिवमा केशव सापकोटा, कोषाध्यक्षमा गीता भण्डारी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा बलराम लामिछाने,दुर्गा चोख्याल, प्रमिला थापा,गीता गुरुङ,राजन घिमिरे,अनिता श्रेष्ठ चयन हुनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    • आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.