राप्ती ट्याक्टर दुर्घटना : ६ मृतकका परिवारलाई ३० लाख सहयोग
न्युजभित्तो/१३ कार्तिक २०७८, शनिबार २०:०८
चितवन, १३ कात्तिक । पूर्वी चितवनको राप्ती नगरपालिकामा ट्याक्टर दुर्घटनामा मृत्यु भएका ६ परिवारलाई ३० लाख रुपैयाँ सहयोग गरिएको छ । मृतकका परिवारलाई प्रतिपरिवार पाँच लाखका दरले सहयोग गरिएको हो ।
गत चैत २९ गते पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो भने १६ जना घाईते भएका थिए ।
राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहात स्वरुप पाँच÷पाँच लाख सहयोग गरिएको बताउनुभयो । आज पाँच परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । एक मृतकका दुई वटी श्रीमती तर्फ चार जना छोराछोरी रहेकाले चारै जनालाई बराबर हुने गरी दिने गरी व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उक्त परिवारलाई जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ ।
राप्ती नगरपालिकाले रु.१५ लाख, खैरहनी नगरपालिकाले रु.५ लाख, पूर्वी चितवन भवन निर्माण व्यवसायी संघले रु.४ लाख, ठेकेदारले रु.४ लाख र ट्याक्टरधनीले रु.२ लाख गरी ३० लाख रुपैयाँ जम्मा गरेर वितरण गरिएको हो ।
नगरपालिकाका कार्यकारी प्रमुख गंगाबहादुर भुजेलले दुर्घटनाका घाईतेहरुको उपचारमा रु.५० लाखभन्दा बढी खर्च भएको जानकारी दिनुभयो । उक्त रकम मध्ये अस्पतालबाट रु.७ लाख बराबरको छुट गराईएको थियो । ट्याक्टर धनी, ठेकेदार र व्यवसायी संघले घाईतेको उपचार खर्च व्यहोरेका थिए ।
दुर्घटनामा मृत्यु हुनेहरुमा राप्ती नगरपालिका वडा नं. ५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका वडा नं. ९ का ४० वर्षीय मगन महतो, खैरहनी ९ कै ५० वर्षया छनिया महतो, राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठ र मकवानपुरको राक्सीराङका एक जना रहेको जानकारी दिनुभयो ।
राप्ती नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेको कामदार सवार ट्याक्टर दुर्घटना भएको थियो ।