सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्ती ट्याक्टर दुर्घटना : ६ मृतकका परिवारलाई ३० लाख सहयोग


  •    न्युजभित्तो/१३ कार्तिक २०७८, शनिबार २०:०८ 
  • चितवन, १३ कात्तिक । पूर्वी चितवनको राप्ती नगरपालिकामा ट्याक्टर दुर्घटनामा मृत्यु भएका ६ परिवारलाई ३० लाख रुपैयाँ सहयोग गरिएको छ । मृतकका परिवारलाई प्रतिपरिवार पाँच लाखका दरले सहयोग गरिएको हो ।

    गत चैत २९ गते पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो भने १६ जना घाईते भएका थिए ।

    राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहात स्वरुप पाँच÷पाँच लाख सहयोग गरिएको बताउनुभयो । आज पाँच परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । एक मृतकका दुई वटी श्रीमती तर्फ चार जना छोराछोरी रहेकाले चारै जनालाई बराबर हुने गरी दिने गरी व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उक्त परिवारलाई जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ ।

    राप्ती नगरपालिकाले रु.१५ लाख, खैरहनी नगरपालिकाले रु.५ लाख, पूर्वी चितवन भवन निर्माण व्यवसायी संघले रु.४ लाख, ठेकेदारले रु.४ लाख र ट्याक्टरधनीले रु.२ लाख गरी ३० लाख रुपैयाँ जम्मा गरेर वितरण गरिएको हो ।

    नगरपालिकाका कार्यकारी प्रमुख गंगाबहादुर भुजेलले दुर्घटनाका घाईतेहरुको उपचारमा रु.५० लाखभन्दा बढी खर्च भएको जानकारी दिनुभयो । उक्त रकम मध्ये अस्पतालबाट रु.७ लाख बराबरको छुट गराईएको थियो । ट्याक्टर धनी, ठेकेदार र व्यवसायी संघले घाईतेको उपचार खर्च व्यहोरेका थिए ।

    दुर्घटनामा मृत्यु हुनेहरुमा राप्ती नगरपालिका वडा नं. ५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका वडा नं. ९ का ४० वर्षीय मगन महतो, खैरहनी ९ कै ५० वर्षया छनिया महतो, राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठ र मकवानपुरको राक्सीराङका एक जना रहेको जानकारी दिनुभयो ।

    राप्ती नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेको कामदार सवार ट्याक्टर दुर्घटना भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    • आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.