सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा रवि लामिछाने र शालिकराम पुडासैनी पक्षधरको प्रदर्शन


  •    /३२ श्रावण २०७६, शनिबार १८:०६ 
  • भरतपुर । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेपछि भरतपुरमा दोस्रो दिन पक्ष र विपक्षमा प्रदर्शन भएको छ । शनिबार लामिछाने पक्षधर र मृतक पत्रकार शालिकराम पुडासैनी पक्षधरहरुले प्रदर्शन गरेका हुन् ।

    नारायणगढको कंगारु होटलमा मृत भेटिएका पुडासैनीको न्यायका लागि भन्दै चौबीसकोठीमा बिहान प्रर्दशन भएको छ । आरोपीहरुलाई अदालतले म्याद थप गरी प्रहरीको अनुसन्धामै रहेको घटनामा विरोध गर्नु र समर्थन गर्नुको कुनै औचित्य नभएको भन्दै उनीहरुले प्रर्दशन गरेका हुन् ।

    प्रर्दशनका क्रममा न्यायलयलाई निष्पक्ष अनुसन्धान गर्न दिनुपर्ने माग गरिएको थियो । प्रर्दशनकारीहरुले निष्पक्ष छानविन गर्न देउ, अपराधलाई राजनीतिकरण नगरौं, पुडासैनीले न्याय पाउनैपर्छ लगायतका नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए । स्वतन्त्र युवा समूहको नामबाट गरिएको प्रर्दशनमा दर्जनौ युवाहरु सहभागी रहेका थिए ।

    लामिछाने समर्थक प्रदर्शनकारीहरुले पनि दिनभर जिल्ला प्रहरी कार्यालय अगाडि र चौबीसकोठीमा प्रदर्शन गरेका छन् । उनीहरुले प्रहरीको एउटा गाडीमा ढुंगा प्रहार गरेका छन् भने प्रहरीले केही सेल आश्रुग्यास प्रहार गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लका अनुसार प्रदर्शनकारीहरुले बा १ झ १२७१ नम्बरको गाडीको अगाडिको सिसा फुटाएका छन् । गाडीमा आगजनी गर्न खोजेपछि प्रहरीले सो क्रममा तीन सेल आश्रुग्यास प्रहार गरेर भिडलाई तितरवितर बनाएको मल्लले बताउनुभयो ।

    प्रदर्शनकारीले दिनभर जस्तो जिल्ला प्रहरी कार्यालय भरतपुर अगाडि नाराबाजी गरेका थिए । प्रहरीले पटक पटक सामान्य बल प्रयोग गर्दै भिडलाई तितरवितर पारेको थियो ।

    प्रहरीले लामिछाने सहित युवराज कँडेल र रुकू भन्ने अस्मिता कार्कीलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो । तीनै जनालाई शुक्रबार चितवन जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ ।

    साउन २० गते चितवनको नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पंखामा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा पुडासैनीको शव फेला परेको थियो ।

    माउन्टेन टीभीमा कार्यरत पुडासैनीले मृत्यु हुनु अगाडि आफ्नै मोबाईलमा रेकर्ड गराएको भिडियोमा लामिछाने, कँडेल र कार्कीले आफूलाई मर्न बाध्य पारेको उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन
    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    • गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.