सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालमा अनलाईन टिकट शुरु


  •    न्युजभित्तो/१२ कार्तिक २०७८, शुक्रबार १६:१७ 
  • चितवन, १२ कात्तिक । भरतपुर अस्पतालले अनलाईन टिकट शुरु गरेको छ । अस्पतालले ओपिडी (बहिरंग) टिकटलाई अनलाईन गराएको हो ।

    अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाईल एप्लिकेशन वा भरतपुर अस्पतालको वेभसाईडमा गएर टिकट लिन सकिने व्यवस्था गरिएको छ । यो व्यवस्था यही कात्तिक १४ गते आईतबारबाट शुरु गर्न लागिएको पौडेलले जानकारी दिनुभयो ।

    अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले टिकट लिन अत्याधिक भिड भएपछि अनलाईन टिकट शुरु गरिएको बताउनुभयो । उहाँले यो व्यवस्थासँगै टिकट लिन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । उहाँले भन्नुभयो “अहिले सबैको हातहातमा स्माट मोबाईल छ । दुई/तीन सय जनाले अनलाईन टिकट लिनुभयो भने पनि धेरै सहज हुन्छ ।”

    अनलाईन टिकट शुरु गरेसँग टिकट काट्न लाईनमा बस्ने भिड कम हुने अपेक्षा गरिएको छ । अस्पतालले ओपिडिमा अत्याधिक भिड भएपछि गत असोज १८ गतेबाट जीओपिडी सेवा शुरु गरेको छ । बिहान ८ः३० बजेबाट दिउँसो ३ बजेसम्म जनरल ओपिडि (फ्याम्लि मेडिसिन) सेवा सञ्चालन हुँदै आएको हो । बिहान ८ बजेदेखि टिकट खुल्ला हुन्छ भने ८ः३० बजेबाट जिओपिडी परीक्षण गरिन्छ । यी दुवै सेवा सञ्चालन भएसँग टिकट काट्न र ओपिडि परीक्षण गराउन निकै सहज हुने अस्पतालले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.