सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निःशुल्क रगतले बिरामीलाई सहज


  •    न्युजभित्तो/१२ कार्तिक २०७८, शुक्रबार १३:५७ 
  • परासी, १२ कात्तिक । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले जिल्लाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको छ । निःशुल्क रगत पाएपछि बिरामीलाई सहज भएको छ ।

    रेडक्रस र जिल्लाका सातैवटै स्थानीय तहबीच आफ्नो पालिकाभित्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । सोही सम्झौता अनुरुप रगत उपलब्ध गराउन थालिएको शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले जानकारी दिनुभयो । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । “नागरिकता र अस्पतालको सिफारिसका आधारमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएका छौँ, त्यसवापतको रकम सम्बन्धित स्थानीय तहले रेडक्रसलाई भुक्तानी गर्छन्”, उहाँले भन्नुभयो ।

    जिल्लामा रेडक्रसले सञ्चालन गरिरहेका रक्तसञ्चार केन्द्रमा १०० प्रिन्टसम्म रगत जम्मा गर्ने क्षमता छ । जिल्लामै सबै रगत भने खपत हुँदैन् । जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा बुटवल, भैरहवा र भरतपुरका अस्पतालमा रगत पठाउने गरिएकामा पछिल्लो समय जिल्लाकै अस्पतालमा रगतको खपत बढ्दै गएको अग्रहरीले बताउनुभयो ।

    स्थानीय तह र रेडक्रसको समन्वयमा निःशुल्क रगत उपलब्ध हुन थालेपछि बिरामीको उपचारमा थप सहज भएको रामग्राम–४ का अर्जुनबहादुर क्षेत्रीले बताउनुभयो । “पहिला हामी आफैँले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था थियो, अहिले नगरपालिकाले रकम भुक्तानी गर्न थालेपछि सहज रुपमा रगत पाउन थालेका छौँ”, उहाँले भन्नुभयो ।

    रेडक्रसले रक्तदानको महत्व बुझाउन गाउँगाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । वडा वडामा सचेतना गोष्ठी सञ्चालन गर्ने तयारी रहेको अग्रहरीले बताउनुभयो ।

    अग्रहरी दम्पतीद्वारा दश लाख सहयोग

    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०का सभापति राजेन्द्रप्रसाद अग्रहरी र उहाँकी धर्मपत्नी गायत्री अग्रहरीले शाखालाई रु दश लाख सहयोग गर्नुभएको छ । राजेन्द्रप्रसाद–गायत्री अग्रहरी अक्षयकोष स्थापनाका लागि अग्रहरी दम्पतीले उक्त रकम रेडक्रसलाई हस्तान्तरण गर्नुभएको हो । अग्रहरी दम्पती लामो समयदेखि रेडक्रसको माध्यमबाट सामाजिक र मानवीय सेवामा सक्रिय रहँदै आउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    • आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.