सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मौलाकालिका अस्पतालको युरोलोजीको ओपिडी निःशुल्क, ल्याब र भिडियो एक्सरेमा छुट


  •    न्युजभित्तो/१२ कार्तिक २०७८, शुक्रबार ११:१७ 
  • चितवन, १२ कात्तिक । मौलाकालिका अस्पतालले युरोलोजी (मूत्ररोग) विभागमा छुटैछुट घोषणा गरेको छ । भरतपुरको चौबीसकोठीमा रहेको अस्पतालले प्रत्येक शनिबार १२ बजेदेखि ४ बजेसम्म परीक्षण गर्न आउने बिरामीलाई निःशुल्क परीक्षणको व्यवस्था गरेको हो ।

    अस्पतालका म्यानेजिङ डाईरेक्टर डा।केशवराज भूर्तेलका अनुसार उक्त समयमा परीक्षण गर्न आउने बिरामीले ओपिडि टिकट निःशुल्क पाउने छन् । यस्तै सोही समयमा परीक्षण गरेकाहरुको भिडियो एक्सरेमा ५० प्रतिशत छुट, रगतको क्रेटिनाईन र पिसाबको परीक्षण निःशुल्क गरेको उहाँले जानकारी दिनुभयो ।

    युरोलोजिष्ट डा। प्रेमराज सिग्देलले अस्पतालबाट सेवा दिंदै आउनु भएको छ । डा। सिग्देलले समस्या देखिएपछि मात्रै परीक्षण गर्न आउने प्रचलन रहेको बताउँदै प्रत्येक ६÷६ महिनामा मूत्ररोगको परीक्षण गराईरहनु पर्ने बताउनुभयो । उहाँले मृगौला (किड्नी) जस्ता महत्वपूर्ण अंगको स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव दिनुभयो ।

    पछिल्लो समय मानिसहरुको खानपानका कारण मृगौलाको समस्या बढी देखिने गरेको बताउँदै उहाँले भन्नुभयो “समयमै उपचार गर्ने हो भने थोरै खर्च र समयमा रोग निको बनाउन सकिन्छ ।”

    यस बिभागमा यूरिनरी सिस्टमसँग सम्बन्धित रोगहरु परीक्षण र उपचार गरिने जानकारी दिंदै डा। सिग्देलले मृगौलाका रोगहरु, यूरेटर, यूरिनरी ब्लाडर, प्रोस्टेट तथा यूरेथ्रालगायतका यूरोलोजिका बिभिन्न अंगहरुसम्बन्धि समस्याको उपचार गरिंदै आएको बताउनुभयो । उहाँले अस्पतालबाट किड्नी स्टोन तथा एनलाज्र्ड प्रोस्टेटलगायतका यूरिनरी सिस्टमसँग सम्वन्धित समस्याहरुको औषधि र आवश्यकता अनुसार सर्जरी माध्यमबाट उपचार गरिंदै आएको जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.