सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रियंका चोपडा भन्छिन्- छालाकाे रङलाई स्वीकारेपछि आत्मविश्वास बढ्यो


  •    न्युजभित्तो/११ कार्तिक २०७८, बिहीबार १३:५७ 
  • काठमाडौं, ११ कात्तिक। बलिउडकी सफल अभिनेत्री हुन्, प्रियंका चोपडा । बलिउड हुँदै हलिउडका फिल्म तथा टिभी सिरिजहरूमा समेत छुट्टै पहिचान बनाइसकेकी उनी एक समय छालाको रङका कारण अपमानको सिकार भएको बताएकी छन् । त्यतिखेर उनी सामान्य किशोरी थिइन्, स्टार थिइनन् । अमेरिकाको एक स्कुलमा पढ्दाताका उनलाई सहपाठीले ‘ब्राउनी’ भनेर गिज्याउने गर्थे ।

    एक अन्तर्वार्तामा प्रियंकाले भारतीय मिडियालाई भनेकी छिन्, ‘मसँग बसेर खाना खान मन पराउँदैनथे । किनकि, मेरो छालाको रङ गोरो थिएन ।’ त्याे तीतो अनुभवका कारण आफ्नो आत्मविश्वास समेत गुमेको बताउँदै आमाले सम्झाएर मात्र आफू यहाँसम्म आइपुगेको उनले बताइन् । ‘आमाले सम्झाउनुभयो,’ उनले भनिन्, ‘तिमी जस्ती छौ, त्यस्तै सुन्दर छौ । कसैका लागि आफूलाई बदल्नु पर्दैन ।’ विश्वसुन्दरी हुँदै बलिउडमा प्रवेश गरेपछि प्रियंकाले गोरो हुने क्रिमको विज्ञापन गरिन् ।

    अमेरिकामा साथीसंगीले जिस्काउँदा आफूले गोरो हुने क्रिम प्रयोग गरेको बताइन् । ‘एक रात विज्ञापन गरेर घर फर्किंदा मैले सोचेँ- म के गर्दै छु ?,’ उनले भनिन्, ‘कसरी झुटो सपना बेच्न सक्छु ? किन मैले आफ्नो रङलाई स्विकार्न नसकेको ? मैले नै यसो गरेँ भने देशका हजारौँ महिलाले क्रिम लगाएर गोरो हुने सपना देख्लान् । जबकि, हामीले आफ्नो छालाको रङलाई सहज रूपमा लिनुपर्छ । त्यसदिनदेखि मैले आफ्नो गहुँगोरो रङलाई स्वीकार गरेँ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना
    ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
    कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
    • जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु
    • सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड
    • मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
    • सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.