सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछाने समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप, पाँच प्रहरी घाइते, दश राउण्ड अश्रुग्यास प्रहार


  •    /३१ श्रावण २०७६, शुक्रबार १९:२७ 
  • चितवन । रवि लामिछाने समर्थक प्रदर्शनकारी र प्रहरीबीच आज साँझ जिल्ला प्रहरी कार्यालय चितवनको मूलगेट अगाडि झडप भएको छ । झडपछि प्रहरीले दश राउण्ड अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई त्यहाँबाट तितरवितर पारेको छ ।

    प्रहरी नायव उपरीक्षक दिपेन्द्र श्रेष्ठले प्रदर्शनकारीले प्रहरी कार्यालयभित्रै ढुङ्गामुढा प्रहार गरेका र स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको बताउनुभयो । उहाँले प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट पाँच प्रहरी घाइते भएका पनि बताउनुभयो ।

    टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आजै जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले म्याद थपका लागि तीन जनालाई शुक्रबार अदालत पेश गरेको थियो ।

    कार्यालयका प्रमुख एसपी दानबहादुर मल्लका अनुसार साउन ३० गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरिएको हो ।

    रवि लामिछाने सहित युवराज कँडेल र रुकू भन्ने अस्मिता कार्कीलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो । तीनै जनालाई शुक्रबार अदालत पेश गरिएको हो । एसपी मल्लका अनुसार बिहीबार एक दिनको थुनुवा पुर्जी दिएर पक्राउ गरिएकोले थप अनुसन्धानका लागि शुक्रबार पुनः अदालत पेश गरिएको हो ।

    चितवन जिल्ला अदालतका न्यायधिश विनोदकुमार गौतमको ईजलासले उक्त निर्णय गरेको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताउनुभयो ।

    अदालतमा प्रतिवादी रवि सहित तीन जनाको तर्फबाट अधिवक्ता चुडामणि सापकोटा, सुनिल कुमार पोखरेल र तीर्थ पौडेलले बहस गर्नुभएको थियो भने वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिल यदुनाथ शर्माले बहस गर्नुभएको थियो ।

    लामिछाने र कँडेलले न्युज २४ टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन गर्दै आएका थिए भने कार्की स्टाफनर्स हुन् ।

    साउन २० गते चितवनको नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

    माउन्टेन टीभीमा कार्यरत पुडासैनीले मृत्यु हुनु अगाडि आफ्नै मोबाईलमा रेकर्ड गराएको भिडियोमा लामिछाने, कँडेल र कार्कीले आफूलाई मर्न बाध्य पारेको उल्लेख छ । उक्त भिडियोको डिजिटल फरेन्सीक ल्याब टेष्ट (डिएफएल) गराईएको एसपी मल्लले बताउनुभयो । उक्त परीक्षणबाट उक्त भिडियो पुरासैनीको आफ्नै मोबाईलमा आफ्नै स्वरमा आफैले रेकर्ड गरेको पुष्टि भएको मल्ले जानकारी दिनुभयो ।

    ल्याबबाट प्रमाणित सोही भिडियोलाई आधार मानी आत्महत्या दुरुत्साहन अन्तर्गत तीन जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । शव पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.