सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछानेसहित तीन जनालाई दश दिनको माग गरिएकोमा पाँच दिनको म्याद थप


  •    /३१ श्रावण २०७६, शुक्रबार १७:५६ 
  • चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले म्याद थपका लागि तीन जनालाई शुक्रबार अदालत पेश गरेको थियो ।

    कार्यालयका प्रमुख एसपी दानबहादुर मल्लका अनुसार साउन ३० गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरिएको हो ।

    रवि लामिछाने सहित युवराज कँडेल र रुकू भन्ने अस्मिता कार्कीलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो । तीनै जनालाई शुक्रबार अदालत पेश गरिएको हो । एसपी मल्लका अनुसार बिहीबार एक दिनको थुनुवा पुर्जी दिएर पक्राउ गरिएकोले थप अनुसन्धानका लागि शुक्रबार पुनः अदालत पेश गरिएको हो ।

    चितवन जिल्ला अदालतका न्यायधिश विनोदकुमार गौतमको ईजलासले उक्त निर्णय गरेको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताउनुभयो ।

    अदालतमा प्रतिवादी रवि सहित तीन जनाको तर्फबाट अधिवक्ता चुडामणि सापकोटा, सुनिल कुमार पोखरेल र तीर्थ पौडेलले बहस गर्नुभएको थियो भने वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिल यदुनाथ शर्माले बहस गर्नुभएको थियो ।
    प्रतिवादीका तर्फबाट बहस गर्नुभएका अधिवक्ता सापकोटाले वादीका तर्फबाट १० दिनका लागि म्याद थप माग गरिएको भए पनि अदालतले पाँच दिनको म्याद थप गरेको बताउनुभयो ।

    लामिछाने र कँडेलले न्युज २४ टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन गर्दै आएका थिए भने कार्की स्टाफनर्स हुन् ।

    बिहीबार काठमाण्डौंमा पक्राउ गरिएका उनीहरुलाई राती १ बजेको समयमा चितवन ल्याईपु¥याईएको एसपी मल्लले जानकारी दिनुभयो । उनीहरुलाई राती नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको थियो ।

    साउन २० गते चितवनको नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पंखामा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा पुडासैनीको शव फेला परेको थियो ।

    माउन्टेन टीभीमा कार्यरत पुडासैनीले मृत्यु हुनु अगाडि आफ्नै मोबाईलमा रेकर्ड गराएको भिडियोमा लामिछाने, कँडेल र कार्कीले आफूलाई मर्न बाध्य पारेको उल्लेख छ । उक्त भिडियोको डिजिटल फरेन्सीक ल्याब टेष्ट (डिएफएल) गराईको एसपी मल्लले बताउनुभयो । उक्त परीक्षणबाट उक्त भिडियो पुरासैनीको आफ्नै मोबाईलमा आफ्नै स्वरमा आफैले रेकर्ड गरेको पुष्टि भएको मल्ले जानकारी दिनुभयो ।

    ल्याबबाट प्रमाणित सोही भिडियोलाई आधार मानी आत्महत्या दुरुत्साहन अन्तर्गत तीन जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । शव पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी रहेको छ ।

    परिवारको तर्फबाट घटनाको सत्य तथ्य पत्ता लगाई कारवाही गरी पाउ भन्ने व्यहोराको निवेदन प्रहरीमा परेको भए पनि किटानी जाहेरी भने नपरेको उहाँले बताउनुभयो । परिवारले किटानी जाहेरी दिएमा मुद्दा अगाडि बढाउन सहज हुने उहाँको भनाई थियो ।

    समर्थकहरुको प्रदर्शन

    रवि लामिछाने सहित तीन जनालाई प्रहरीले पक्राउ गरेपछि बिहीबार साँझदेखि नै जिल्ला प्रहरी कार्यालय वरपर सञ्चारकर्मी तथा रवि समर्थकहरुको उपस्थिति शुरु भएको थियो । शुक्रबार १० बजेपछि भने उपस्थिति बाक्लिँदै गएको थियो । उपस्थित मध्ये कतिपय रविका समर्थक देखिन्थे भने कतिपय रमितेहरु रहेका थिए । रवि समर्थकहरुले जिल्ला प्रहरी कार्यालय र अदालत अगाडि दिनभर जस्तो प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले विना शर्त रिहाईको माग गर्दै देखावटी छानविन चाहिँदैन जस्ता नारा लगाएका थिए ।

    प्रहरी कार्यालय र अदालतको मुख्य गेट अगाडि प्रदर्शनकारीहरुको बाक्लो उपस्थिति रहेपछि प्रहरीले दुवै कार्यालयको पछाडिको बाटो प्रयोग गरी समर्थक तथा सञ्चारकर्मीहरुलाई झुक्याउँदै आरोपिहरुलाई अदालत लैजाने र ल्याउने काम गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको माधवपुरमा राष्ट्रिय भजन तथा शङ्ख वादन प्रतियोगिता हुने 
    रासस गण्डकी प्रदेश प्रमुख पौडेल सम्मानित
    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता
    • उत्साहित छन् नयाँ मतदाता
    • रुपन्देही–२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
    • मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’
    • साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.