सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपामा केन्द्रीय विभाग प्रमुखको टुङ्गो लाग्यो, स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेल


  •    /३१ श्रावण २०७६, शुक्रबार १५:४६ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न ३३ केन्द्रीय विभागका प्रमुख तोकेको छ । पार्टी एकतापछि लामो समयसम्म टुङ्गिन नसकेको सो विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले टुङ्गो लगाएको हो ।

    बैठकले चर्चामा रहेको स्कूल विभागको प्रमुखमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    यसैगरी बैठकले विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपप्रमुखमा राम कार्की, संगठन विभाग प्रमुखमा सचिवालय सदस्य बामदेव गौतम, प्रचार विभाग प्रमुखमा प्रवक्ता श्रेष्ठ, नीति, अध्ययन प्रतिष्ठान विभाग प्रमुखमा नेता झलनाथ खनाल र अर्थ तथा योजना विभाग प्रमुखमा सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ । उक्त बैठकले सात प्रदेशमा एक–एक सहइञ्चार्ज पनि तोकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.