सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पक्राउ परेका रवि लामिछानेसहित तीनैजनालाई प्रहरीले चितवन ल्यायो


  •    /३१ श्रावण २०७६, शुक्रबार ०१:१९ 
  • चितवन । प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि काठमाडौँबाट पक्राउ गरेका रवि लामिछानेसहित तीनै जनालाई चितवन ल्याएको छ । पक्राउ परेर चितवन ल्याइएकामा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता भन्ने रुकु कार्की रहेका छन् ।

    पक्राउ परेका लामिछाने, कँडेल र अस्मितालाई एउटै गाडीमा शुक्रबार विहान साढे एक बजे जिल्ला प्रहरी कार्यालय, चितवनमा ल्याइपुर्याएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभएको छ । भरतपुर ल्याएपछि उनीहरु तीनैजनाको प्रहरीले भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरेको थियो ।

    लामिछाने न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता हुन् भने कँडेल सोही कार्यक्रममा कार्यरत थिए । उनीहरुलाई साँझ टेलिभिजनको कार्यालयबाट र कार्कीलाई काठमाडौँको कलङ्कीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले उनीहरुको नाम लिएर आफूलाई यो अवस्थामा पुर्याउन बाध्य बनाएको भन्दै मोबाइलमा रेकर्ड गरिएको भिडियो फेला परेको थियो । उक्त भिडियोका आधारमा आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभएको छ ।

    प्रहरीले भिडियोको डिजिटल परीक्षणसमेत गरिसकेको छ । पुडासैनी साउन २० गते चितवनको नारायणगढस्थित एक होटलको कोठाभित्र मृत भेटिएका थिए ।

     

    यस्तो छ चितवन प्रहरीको विज्ञप्ति :

    श्री जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवन ।

    मिति २०७६/०४/३० गते ।

     

    अनुसन्धानको लागि नियन्त्रणमा लिईएको :

                  जिल्ला नुवाकोट बेलकोटगढी न.पा.वडा नं.३ बस्ने बर्ष २७ को शालिकराम पुडासैनी मिति २०७६/०४/२० गते राती अं.२१:४५ बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.१ पोखरा बसपार्कमा रहेको होटल कंगारुको कोठा नं.२०२ मा झुण्डी मृत्यु भएको घटनाको अनुसन्धानको सिलसिलामा news 24 टि.भि.मा काम गर्ने पत्रकार रवि लामिछाने, युवराज कँडेल र जिल्ला ओखलढुङगा खिजिदेम्बा गा.पा.७ घर घई काठमाण्डौ बस्ने रुकु भन्ने अस्मिता कार्कीलाई काठमाण्डौबाट नियन्त्रणमा लिईएको छ ।

     

    थप जानकारीका लागि

    प्र.ना.उ. एक नारायण कोईराला । 

    प्रवक्ता/सूचना अधिकारी

    जिल्ला प्रहरी कार्यालय, चितवन ।

    सम्पर्क नम्वर :- ९८५५०१३९९९

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.