सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालद्वारा तीन औषधि ‘सप्लायर्स’लाई कारबाही


  •    न्युजभित्तो/५ कार्तिक २०७८, शुक्रबार १२:१९ 
  • नारायण अधिकारी

    चितवन,५ कात्तिक । भरतपुर अस्पतालले सञ्चालन गरेको फार्मेसीमा सम्झौता अनुसारको औषधि नल्याउने तीनवटा सप्लायर्सलाई कारवाही गरेको छ । अस्पतालले माग गरेको समयमा औषधि नल्याउने सन फार्मेसी पोखरा, हिमसागर मेडिकलहल पोखरा र मेडीसेल्स फर्मा भरतपुरलाई कारवाही गरेको हो ।

    अस्पतालको यही असोज ४ गते बसेको बैठकको निर्णय अनुसार उनीहरुरुलाई कारवाही गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेललाई जानकारी दिनुभयो । पौडेलका आनुसार अस्पतालमा आबश्यक औषधि खरिका आदेश दिइसके पछि समेत समयमा औषधि नल्याएका उनीहरुलाई कारवाही गरिएको हो । उनीहरुले औषधि ल्याउने समय १७ दिन र ताकेता गरेको समयमा समेत औषधि नल्याए पछि कारवाही गर्न बाध्य भएको उहाँले जानकारी दिनुभयो ।

    अस्पतालले तीन पटक सम्म औषधि समयमा ल्याउनका लागि सप्लायर्सहरुलाई ताकेता गरेको थियो । कारवाही स्वरुप अस्पतालले पहिलो पटक औषधि वाहिर खरिद गर्दा र टेण्डरमा सम्झौता हुँदाको मूल्य भन्दा बढि पर्ने मूल्य सम्झौता गर्ने पक्षलाई तिर्न लगाएको छ । नेपाल सरकारको फार्मेसी निर्देशिका २०७४ अनुसार अस्पतालमा फार्मेसी सञ्चालनमा आए पछि औषधि समयमा नल्याउने ठेकेदार कम्पनिलाई कारवाही गरिएको यो पहिलो रहेको अस्पतालको फार्मेसी बिभाग प्रमुख सबिनराज लामिछानेले जानकारी दिनुभयो । सन फार्मेसी पोखराले मधुमेहका बिरामीहरुलाई आबश्यक पर्ने मेटफर्मीन नामक औषधि विगत दुई महिना देखि उपलव्ध गराउन छाडेको थियो ।

    सो औषधि फार्मेसीले सम्झौता अनुसार रु १. ४० पैसा प्रति ट्याव्लेटमा अस्पताललाई उपलव्ध गराउनु पर्ने हुन्थ्यो । लामो समय सम्म औषधि ठेकेदार कम्पनिले ल्याउन नसकेपछि अस्पतालले रु १. ७५ पैसामा खरिद प्रकृया सुरु गरेको छ । सन फार्मेसीलाई सम्झौता भए भन्दा वढिको मूल्य तिर्न लगाईएको छ । यस फार्मेसीले २ सय ११ प्रकारका औषधि ल्याउने सम्झौतामा उल्लेख छ । यस्तै हिमसागर मेडिकल हलले मेटफर्मीन÷ग्लिमेप्राइड नामक औषधि समयमा नल्याएको भन्दै कारवाहि गरिएको छ । बिगत लामो समय देखि माग गरिएको औषधि नपाउँदा बिरामीहरु मर्कामा पर्न थालेको भन्दै अस्पतालले आँफै खरिद गरि सम्झौता भन्दा वढिको मूल्य ठेकेदार कम्पनिलाई तिर्न लगाएको छ । सो औषधि सम्झौता अनुसार रु ६. ९८ पैसा प्रतिट्याब्लेट पर्नेमा अस्पतालले बाहिरबाट खरिद गर्दा रु ७ मा खरिद गरेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

    यस हलले १ सय ८१ प्रकारका औषधि ल्याउने सम्झौता भएको थियो । कारवाहिमा पर्नेमा मेडिसेल्स फर्मा भरतपुरले डेक्सामेथासो इन्जेक्सन (जिवन रक्षक औषधि) आकस्मिक कक्ष, सघन उपचार कक्ष र कोरोना भाइरस सङ्क्रमितहरुलाई समेत प्रयोग हुने औषधि नल्याए पछि कारवाही गरिएको छ । सम्झौता अनुसार रु ११ प्रतिभाइलमा ल्याउनु पर्ने सो औषधि अस्पतालले बाहिरबाट खरिदगरि ल्याउँदा रु १८.१२ पैसा पर्न गएको लामिछानेले जनाकारी दिनुभयो । यस कम्पनिलाई पनि सम्झौता भन्दा वढिको रकम तिराइएको छ । यस कम्पनिले अस्पतालमा ९४ प्रकारका औषधि ल्याउनका लागि सम्झौता गरेको थियो । उनीहरुले अन्य औषधि समेत समयमा उपलव्ध गराउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार अन्य औषधिका लागि समेत ताकेता गरिएको छ । समयमा औषधि नापउँदा सेवाग्राही मारमा पर्न गएकाले कारवाही गरिएको अस्पतालका निमित्त प्रमुख मेडीकल सुपरिटेण्डन्ट प्रा. डा. कृष्ण पौडेलले बताउनुभयो ।

    अस्पतालले खरिद नियम अनुसार कारवाही प्रकृया अघि वढाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “समयमा औषधि नल्याउने ठेकेदारलाई नियमित जानकारी गराईएको छ । समयमा औषधि नल्याए कानुन अनुसार कारवाहीको प्रकृयामा अघि वढ्छौ ।”समयमा औषधि नल्याउने कम्पनिहरुलाई सम्र्झौता अनुसार कारवाही गरि कालो सूचिमा राख्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था बिभागमा सिफारिस गरिने उहाँले बताउनुभयो । भरतपुर अस्पतालको फार्मेसीमा औषधि ल्याउनका लागि बिभिन्न १० वटा कम्पनिले ठेक्का सम्झौता गरेका थिए । वि.सं. २०७७ साल माघमा एक वर्षका लागि औषधि ल्याउनका लागि ती कम्पनि संग सम्झौता गरिएको हो । सर्जिकल सामान तर्फ ६ वटा कम्पनी संग सम्झौता भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.