सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ


  •    /३० श्रावण २०७६, बिहीबार १९:४३ 
  • चितवन । न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । लामिछाने र कँडेललाई न्युज २४ को कार्यालय काठमाण्डौंबाट पक्राउ गरिएको हो भने कार्कीलाई तिलिङ्गेटार काठमाण्डौंबाट पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले उनीहरुलाई बिहिबार (आजै) राती चितवन ल्याउने बताउनुभयो । अनुसन्धानका लागि नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

    साउन २० गते चितवनको नारायणगढस्थित एक होटलमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

    आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले उनीहरुको नाम लिएर आफूलाई यो अवस्थामा पुर्याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो । उक्त भिडियोका आधारमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । भिडियो प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ ।

    (यसअघि पोष्ट भएको समाचारमा कार्यक्रम प्रस्तोता रवि लामिछाने हुनुपर्नेमा पत्रकार रवि लामिछाने हुन गएकोले सच्याइएको छ ।)

    यस्तो छ चितवन प्रहरीको विज्ञप्ति :

    श्री जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवन ।

    मिति २०७६/०४/३० गते ।

     

    अनुसन्धानको लागि नियन्त्रणमा लिईएको :

                  जिल्ला नुवाकोट बेलकोटगढी न.पा.वडा नं.३ बस्ने बर्ष २७ को शालिकराम पुडासैनी मिति २०७६/०४/२० गते राती अं.२१:४५ बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.१ पोखरा बसपार्कमा रहेको होटल कंगारुको कोठा नं.२०२ मा झुण्डी मृत्यु भएको घटनाको अनुसन्धानको सिलसिलामा news 24 टि.भि.मा काम गर्ने पत्राकार रवि लामिछाने, युवराज कँडेल र जिल्ला ओखलढुङगा खिजिदेम्बा गा.पा.७ घर घई काठमाण्डौ बस्ने रुकु भन्ने अस्मिता कार्कीलाई काठमाण्डौबाट नियन्त्रणमा लिईएको छ ।

     

    थप जानकारीका लागि

    प्र.ना.उ. एक नारायण कोईराला । 

       प्रवक्ता/सूचना अधिकारी

    जिल्ला प्रहरी कार्यालय, चितवन ।

    सम्पर्क नम्वर :- ९८५५०१३९९९

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.