सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वर्गीय दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


  •    /३० श्रावण २०७६, बिहीबार १६:०९ 
  • काठमाडौँ । वरिष्ठ साहित्यकार एवम् पत्रकार स्व मदनमणि दीक्षितको पशुपति आर्यघाटमा आज अपराह्न अन्त्येष्टि गरिएको छ । उहाँको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको हो । नेपाल प्रहरीको एक टुकडीले उहाँलाई राष्ट्रिय सम्मान दिएको थियो ।

    स्व दीक्षितलाई उहाँका छोरा विनोदले दागबत्ती दिनुभएको थियो । उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतम, नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायत आर्यघाट जानुभएको थियो ।

    यसअघि उहाँको शव श्रद्धाञ्जलिका लागि उहाँको निवास कालिकास्थानमा राखिएको थियो । निवासमा श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पुग्नु भएको थियो ।

    निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोश हुनुभएका ९७ वर्षीय दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

    दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सुक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति प्रकाशित छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ । उहाँले ‘समीक्षा’, ‘आजकाल’लगायत साप्ताहिक पत्रिका सम्पादन गर्नुभएको थियो । उहाँको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
    राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
    पर्यटकका आर्कषणमा ऐना पहरा
    • बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
    • धापखर्कका १३ घरमा पानीको अभाव
    • सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव
    • नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.