सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थानकोट नाका : लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु


  •    /३० श्रावण २०७६, बिहीबार १३:५९ 
  • काठमाडौँ । उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ ।

    वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि धेरै लागुऔषध ओसारपसार पनि थानकोट नाकाबाटै हुने गरेको बताउनुहुन्छ । “थानकोट प्रहरी अवैधरूपमा ओसारपसार गरिएको लागुऔषध धेरै हदसम्म बरामद गर्न सफल भएको छ”, उहाँ भन्नुहुन्छ । यस्तै, भक्तपुरको जगाती, काठमाडौँको दक्षिणकालीबाट पनि लागुऔषध भित्रिने गरेको प्रहरीले जनाएको छ ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौँ प्रहरीले आव २०७५/०७६ मा मात्र लागुऔषधसम्बन्धी ५२५ विरुद्ध मुद्दा दायर गरेको छ । आव २०७५/०७६ मा भक्तपुरले ३६ र ललितपुरले ५९ व्यक्तिविरुद्ध मुद्दा चलाएको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली लागुऔषध ओसारपसारमा तराई–मधेश मूलका व्यक्ति धेरै संलग्न हुने गरेको बताउनुहुन्छ ।

    “छिमेकी मुलुक भारतको खुला सिमानाका कारण पनि तराईको बाटो हुँदै धेरै लागुऔषध उपत्यका भित्रिने गरेको छ”, ज्ञवाली भन्नुहुन्छ । लागुऔषधभित्र पर्ने गाँजा र अफिमबाहेक सबै लागुऔषध विदेशबाट भित्रिने गरेको प्रहरीले बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनचाँदीकोे मूल्य बढ्यो
    समानुपातिकमा एक करोड चार लाख मतगणना
    अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा
    • प्रतिनिधिसभा सदस्य निर्वाचन: चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत
    • राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण
    • आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय
    • व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.