सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन


  •    /३० श्रावण २०७६, बिहीबार ०९:०४ 
  • काठमाडौँ । बरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज विहान निधन भएको छ । निवासमै बेहोस भएका दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । दीक्षितलाई मुटु, मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।

    यसअघि ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरी निवास कालिकास्थान ल्याइएको थियो । दीक्षितका ‘माधवी’, ‘ऋग्वेद ः केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’, ‘कसले जित्यो कसले हार्‍यो ?’, ‘चरैवेति’लगायत ४६ कृति प्रकाशित छन् । दीक्षितले मदन पुरस्कार, साझा पुरस्कार, पद्यमश्री पुरस्कारलगायत विभिन्न पुरस्कार सम्मान प्राप्त गर्नुभएको थियो ।

    दीक्षितले पत्रकारिता क्षेत्रमा पनि विशिष्ट योगदान दिनुभएको छ । बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन मदनमणि दीक्षितको जन्म भएको थियो ।

    दीक्षितका श्रीमती, तीन छोरा र एक छोरी छन् । परिवारका अनुसार मदनमणि दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

    प्रधानमन्त्री मर्माहत   

    प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाउनुभएको छ ।    
        
     प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उहाँको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।    
        
     आज बिहान निधन हुनुभएका ९७ वर्षीय दीक्षितको शव अहिले कमलपोखरीस्थित हिमाल अस्पतालमा राखिएको छ । उहाँको शवलाई अन्त्येष्टिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राख्न परामर्श भइरहेको छ । त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । दीक्षित प्रतिष्ठानका पूर्व उपकुलपति हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह
    चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
    किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी
    • लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै
    • सुनचाँदीको मूल्य आज पनि घट्यो
    • सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    • नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.