सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला हिंसाका घटना रोक्नुपर्छ ः मन्त्री रेग्मी


  •    न्युजभित्तो/३ कार्तिक २०७८, बुधबार १३:२३ 
  • चितवन, ३ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले हत्या, हिंसा र बलात्कारका घटना रोक्ने गरी काम गर्ने बताउनुभएको छ ।

    पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले भएका ऐन, कानूनको कार्यान्वयन र आवश्यकता अनुसार संशोधन गरेर महिला र बालबालिकामाथि हुने गरेका आपराधिक कार्य रोक्न आफू लागिपर्ने बताउनुभयो । कानूनको पूर्णरुपमा कार्यान्वयन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उहाँले बताउनुभयो ।

    नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्षसमेत रहनुभएकी रेग्मीले आफूले राजनीतिक जीवनमा महिला, बालबालिका र ज्येष्ठ नागरिकले भोगेका पीडा नजिकबाट बुझेकोले पनि यो मन्त्रालय रोजेको हो भन्नुभयो ।

    यससँगै महिलालाई राजनीतिक दल र सरकारी निकायमा ५० प्रतिशत प्रतिनिधित्व नगराएसम्म मुलुकमा परिवर्तन हुन नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “समतामुलक समाजका लागि ५० प्रतिशत महिलाको प्रतिनिधित्व गराउन सक्नुपर्छ ।” अहिले महिलाको प्रतिनिधित्व एक तिहाई भए पनि नेतृत्वमा पछि परेको रेग्मीको भनाइ छ । अर्को एक प्रसङ्गमा रेग्मीले अशक्त, अपाङ्गता, ज्येष्ठ नागरिकलाई घर–घरमा भत्ता दिने गरी मन्त्रालयले काम गर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “घरमानै पुगेर भत्ता वितरण गर्ने योजना बनाउँदैछु ।” बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै उहाँले तत्काल खोपको व्यवस्थाका लागि मन्त्रालयले पहल गर्ने बताउनुभयो । उहाँले थप्नुभयो,“बालबालिकालाई तत्काल खोप दिनुपर्छ ।” सडकमा बेवारिसे मानवमुक्त बनाउन सामाजिक सङ्घ संस्थासँग सहकार्य गरेर मन्त्रालयले काम गर्ने मन्त्री रेग्मीको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.