सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेशमा आजबाट बढ्यो सार्वजनिक यातायातको भाडादर


  •    न्युजभित्तो/१ कार्तिक २०७८, सोमबार १६:४० 
  • काठमाडौं, १ कात्तिक । आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो । करिब ३ महिना अगाडि केन्द्र सरकारले अन्तर प्रदेशको भाडा २८ प्रतिशत नै वृद्धि गरेको थियो ।

    आजबाट बागमती प्रदेशभर सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको हो। बागमती प्रदेश सरकारले दसैं अगाडि नै भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । दसैंको बेला गाउँ जानेहरुलाई समस्यामा पर्ने भन्दै दसैंपछि मात्रै नयाँ भाडा दर लागू भएको हो ।

    पहिले २० रुपैयाँ भाडा भएको दुरीमा अब २५ रुपैया भाडा तोकिएको छ । पहिले गाडी चढेर नजिकै झर्दा १५ रुपैयाँ भाडा थियो । भने, अब डिलक्स भन्दा बाहेकका सार्वजनिक सवारीले १८ रुपैयाँ भाडा लिने छन् । भने । डिलक्स सुविधा प्रदान गर्ने सार्वजनिक यात्रुवाहब सवारीले नयाँ भाडादरमा २० प्रतिशत थपेर भाडा लिन पाउने छन् ।

    नयाँ भाडादर अनुसार अब ०९५ किलोमिटरको भाडा १८ रुपैयाँ तोकिएको छ । ०(१० किलोमिटरको २३, ०(१५ किलोमिटरको २७ ०(२० किलोमिटरको ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा तोकिएको छ । डिलक्स सुविधा प्रदान गर्ने सार्वजनिक यात्रुवाहब सवारीले नयाँ भाडादरमा २० प्रतिशत थपेर भाडा लिन पाउने छन् ।

    यातायात व्यवस्था विभाग बागमती प्रदेशका सूचना अधिकारी राजु अर्यालले आजबाट नयाँ भाडा दर लागू भएको बताए ।
    उनले भने, ‘हिजो नै नयाँ भाडादर राजपत्रमा प्रकाशित भएको थियो । आजाबाट त्यो लागू भएको छ । केन्दमा जस्तो २८ प्रतिशत नै भाडा बागमती प्रदेशमा वृद्धि भएको छैन् । काठमाडौं उपत्यका फरक र उपत्यका भन्दा बाहिर फरक भाडादर कायम भएको छ ।नयाँ तोकिएको भाडा दरमा काठमाडौं उपत्यकामा डिलक्सको सेवा दिने सार्वजनिक सवारी साधनले भने २० प्रतिशतसम्म थपेर भाडा लिन पाउने व्यवस्था रहेको छ ।’

    २०६३ सालदेखि सार्वजनिक यातायताको भाडदर वृद्धि नभएको भन्दै यातायात व्यवसायीले आन्दोलन गरेका थिए । ६३ सालमा प्रतिलिटर ७३ रुपैयाँ पेट्रोलको मूल्य हुँदा तोकिएको भाडा पेट्रोल प्रतिलिटर ११० रुपयाँ हुँदा मात्रै बागमती प्रदेशको भाडा वृद्धि भएको छ ।

    यातायात व्यवसायीले भने ७० प्रतिशत भाडादर वृद्धि गर्न माग गरेका थिए । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा करिब २८ प्रतिशत र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.