सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिकाको शमीपुर विद्यालयलाई एकलाख सहयोग, नगरप्रमुख श्रेष्ठ भन्नुहुन्छ, ‘शिक्षकहरुको ग्रेड निर्धारण हुन्छ, डि ल्याउनेलाई घर पठाइन्छ’


  •    /२९ श्रावण २०७६, बुधबार २१:०० 
  • चितवन । कालिका नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरु मध्ये नमूना विद्यालयको रुपमा स्थापित हुँदै गएको श्री राष्ट्रिय आधारभूत विद्यालय शमीपुरलाई सहयोगी संस्था फेस नेपालले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालय परिसरमा निर्माणाधीन भवनको प्लाष्टर र रङरोगनका लागि फेस नेपालका संयोजक श्रीराम देवकोटाले आज एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

    आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख खुमनारायण श्रेष्ठले शिक्षाको विकास नभएसम्म समाज रुपान्तरण हुन नसक्ने बताउनुभयो । उहाँले समाज रुपान्तरणका लागि शिक्षामा लगानी आवश्यक भएको धारणा राख्नुभयो । शिक्षामा गरिएको लगानी खेर नजाने भन्दै नगर प्रमुख श्रेष्ठले ढिलोचाँडो अवश्य आशातित नतिजा आउने बताउनुभयो ।

    कालिका नगरक्षेत्र भित्रका विद्यालयमा फेस नेपालको लगानीले आफुहरु पनि उत्साहित भएको बताउँदै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले शमीपुर स्कुललाई दुई वटा भवनका लागि ९८ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठले नगरक्षेत्रको शैक्षिकस्तर वृद्धिका लागि शिक्षकहरुको ग्रेड निर्धारण गर्ने योजनाका साथ अगाडि बढ्न लागेको जानकारी दिनुभयो । ‘ए देखि ग्रेड सुरु हुन्छ’ उहाँले भन्नुभयो – ‘डि ग्रेड ल्याउने शिक्षकहरुलाई घर पठाउने योजना छ ।’

    कार्यक्रममा फेस नेपालका संयोजक श्रीराम देवकोटाले समाजले अपनत्व महशुस गर्ने गरी मात्रै आफुहरुले काम गर्ने गरेको जानकारी दिनुभयो । ५ वटा स्कुल र ७ वटा टोल विकास संस्थासँग समन्वय गर्ने गरी आगामी तीन वर्षीय योजना समेत तयार भइसकेको देवकोटाले बताउनुभयो । शमीपुर विद्यालयको विकासका लागि २०६८ सालदेखि फेस नेपालले सहकार्य गर्दै आएको छ । फेस नेपालको सहयोगमा भौतिक संरचना निर्माणदेखि लाइब्रेरी कक्षको रङरोगन गर्ने सम्मको काममा आर्थिक सहयोग गर्दै आएको छ ।

    कार्यक्रममा बडा अध्यक्ष लिलाबहादुर गुरुङले शमीपुर स्कुललाई चितवनकै नमूना स्कुल बनाउने योजना सुनाउनुभयो । वडा कार्यालयले विद्यालयको भौतिक संरचनाको विकासका लागि गतवर्ष १० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले यो वर्षपनि १० लाख रुपैयाँ नै बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

    कार्यक्रममा शिक्षक संगठनका पूर्व अध्यक्ष पूर्ण पुरी, कालिका नगरपालिकाका शाखा अधिकृत ऋषिराम शर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीष्म खनाल, नेपाली काँग्रेसका नगर सभापति राजु श्रेष्ठलगायतले विद्यालयको गतिविधिबाट अभिभावकहरु पनि खुशी भएको भन्दै प्रशंसा गर्नुभएको थियो ।

    त्यस अवसरमा फेस नेपालका संयोजक श्रीराम देवकोटा र पत्रकार सन्तकुमार चौधरीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले स्वागत गर्नुभएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका संयोजक सोमबहादुर खड्काको अध्यक्षतमा भएको थियो । कालिका नगरपालिकाको वडा नं. १ सूर्यपुरमा रहेको राष्ट्रिय आधारभूत विद्यालय शमीपुर कालिका नगरपालिका भित्रका ३५ वटा सामुदायिक विद्यालयमध्ये नमूना विद्यालयको रुपमा स्थापित हुँदै गएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.