सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृष्णकान्त खनालको स्मृतिमा शोकसभा सम्पन्न


  •    न्युजभित्तो/३१ आश्विन २०७८, आईतवार २२:११ 
  • माडी ३१ असोज । माडी नगरपालिका वडा नं ६ हरिनगर निवासी कृष्णकान्त खनालको स्वर्गारोहण भएको नवौं दिनको पुण्यतिथिको अवसरमा आज आइतबार शोकसभा सम्पन्न भयो । नेकपा एमाले माडी नगर कमिटीको आयोजनामा शोकसभा सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञावलीले कृष्णकान्त खनालको राजनीतिक, सामाजिक योगदानको चर्चा गर्दै उहाँले देखाएको बाटोमा अगाडि बढ्न सकेमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । पञ्चायती व्यवस्थाको प्रतिकूल समयमा पनि उहाँले गरेका कामको स्मरण गर्दै उहाँले समाजमा मैनबत्ती बनेर काम गर्नुभएकोले उहाँको कार्यशैलीलाई अनुकरण गर्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।

    कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सदस्य एवम् भरतपुर महानगरपालिका अध्यक्ष रामप्रसाद न्यौपानेले नेकपा एमालेका अग्रज व्यक्तित्वको निधनले पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको जनाउँदै उहाँ देखाएको बाटोमा अगाडि बढ्न सकेमा सामाजिक परिवर्तन गर्न सकिने बताउनुभयो । उहाँको भौतिक शरीर नरहेपनि उहाँले गरेका अनुकरणीय कार्यहरु जीवन्त रहिरहने चर्चा गर्दै उहाँले अगाडि सारेका कार्यहरु पुरा गर्नु हामी सबैको जिम्मेवारी रहेको न्यौपानेले बताउनुभयो ।

    नेकपा एमाले माडी नगर कमिटीका सचिव नारायणप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले क्षेत्रीय अध्यक्ष श्यामकुमार बिष्ट, माडी नगरपालिकाका उपप्रमुख ताराकाजी महत्तो, विभिन्न सामाजिक तथा राजनैतिक व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो ।

    २०५४ सालको निर्वाचनमा साविक कल्याणपुर गाविसको अध्यक्षमा निर्वाचित भएर अनुकरणीय काम गर्नुभएका कृष्णकान्त खनालका श्रीमती, २ छोरा बुहारी, एक छोरी ज्वाईहरु विभिन्न सामाजिक काममा सक्रिय रहनुभएको छ ।

    कार्यक्रममा स्वर्गीय कृष्णकान्त खनालका छोरा एवम् नेकपा एमाले माडी नगरपालिका ईञ्चार्ज सूर्यकान्त खनालले दुःखको समयमा घरमै आएर श्रद्धाञ्जली र समवेदना प्रकट गर्ने सम्पूर्ण महानुभावहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.