सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेरुदण्डको चोटका कारण थलिएका खड्कालाई ह्विलचेयर र खाद्यान्न सहयोग


  •    न्युजभित्तो/२६ आश्विन २०७८, मंगलवार १४:०६ 
  • माडी २५ असोज । मचानबाट खसेर मेरुदण्डको चोटका कारण थलिएर घरमै बसिरहनुभएको विपन्न बिरामी श्यामकुमार खड्कालाई ह्विलचियर र खाधान्न उपलब्ध गराइएको छ । विजय खनालको नेतृत्वदायी संयोजन र बे एरिया नेपालिज् कम्युनिष्ट ईन फर्मेन्ट युएसए (Bay Area Nepalese community in Fremont, USA) मा संगठित साथीहरु विजय खनाल, शैलेन्द्र आचार्य, शंकर घिमिरे, सुदिप भट्टराई लगायत संस्थामा संगठित साथीहरु र डा सुवास बस्नेतको आर्थिक सहयोगमा घाइते श्यामकुमार खड्कालाई सहयोग उपलब्ध गराइएको हो ।

    सहयोगीहरुले उपलब्ध गराएको सहयोग घाइते श्यामकुमार खड्कालाई हस्तान्तरण गर्दै माडी नगरपालिकाका उपप्रमुख ताराकाजी महत्तोले समस्यामा धैर्य गर्न श्यामकुमार खड्कालाई आग्रह गर्नुभयो । उहाँले विपत्तिको समयमा सहयोग गर्ने सहयोगीहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

    सहयोगीहरुले उपलब्ध गराएको सहयोग ग्रहण गर्दै घाइते श्यामकुमार खड्काले समस्याको बेलामा सहयोग उपलब्ध गराउने विजय खनाल, शैलेन्द्र आचार्य, शंकर घिमिरे, सुदिप भट्टराई लगायत उक्त संस्थामा संगठित साथीहरु र डा सुवास बस्नेतप्रति हार्दिक आभार व्यक्त गर्दै दशैंको शुभकामनासहित उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

    चितवन जिल्ला, माडी नगरपालिकामा वडा नं ९ बाँदरझुला निवासी ५२ वर्षिय श्यामकुमार खड्का मेरुदण्डको चोट (स्पाईनल इन्जुरी) का कारण थलिएर घरमै बसिरहनुभएको छ । २०७८ जेठ १९ गते खेतीबाली कुर्ने मचान बनाउने क्रममा मचानबाट लडेर मेरुदण्डमा चोटलागेपछि घरमा नै थलिएर बस्नुभएको हो ।उहाँले आर्थिक अभावका कारण थप उपचार गर्न पनि सक्नुभएको छैन। सहयोग उपलब्ध गराउने कार्यक्रमको संयोजन नारायण सापकोटाले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.