सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निजगढ विमानस्थलका लागि अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैले निर्माण गर्छ : मन्त्री भट्टराई


  •    /२८ श्रावण २०७६, मंगलवार २३:३१ 
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलका लागि अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैले निर्माण गर्ने बताउनुभएको छ ।

    राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिको आजको बैठकमा मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकार अब पछाडि फर्कने ‘मुड’मा नरहेको बताउनुभयो। उहाँले तीन महिनाभित्र विमानस्थलको प्रगतिसहित राष्ट्रिय सभाको बैठकमा उपस्थित हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    ‘यो विमानस्थल निर्माणमा जति रकम लगानी लाग्छ, त्यो सबै एकैवर्षमा लाग्ने होइन’, मन्त्री भट्टराईले भन्नुभयो, ‘वार्षिक २०/२५ अर्ब रुपैयाँ सरकारका लागि ठूलो कुरा होइन ।’ आगामी मङ्सिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गर्नुभएका मन्त्री भट्टराईले पूर्व तयारीका काम सकेरै शिलान्यास गरिने बताउनुभयो ।

    निजगढका रुख काट्नुअघि वृक्षरोपणको अभियान शुरु गर्ने पनि उहाँले बताउनुभयो । यस विषयमा पर्यटन मन्त्रालय र वन मन्त्रालयबीच बुधबार छलफल हुदैछ ।

    बैठकमा हालसम्म समितिले गरेको अध्ययन, अवलोकन, बैठकबाट प्राप्त जानकारी एवम् प्रतिवेदन र विमानस्थल निर्माणको सम्बन्धमा रहेका समस्या, चुनौती र प्राप्त उपलब्धिका बारेमा मन्त्रीलाई जानकारी गराइएको समितिका सभापति दिलकुमारी रावल ‘पार्वती’ले जानकारी दिनुभयो । ‘आयोजनाको मोडेलबारे तत्काल निर्णय गर्न आग्रह गरिएको छ, सभापति रावलले भन्नुभयो, अन्तर सरकार र अन्तर मन्त्रालयबीच सहकार्य र समन्वय गर्न सुझाब दिइएको छ ।’ समितिले विमानस्थलको क्षेत्र भित्र पर्ने टाँगिया बस्ती स्थानान्तरण गर्न समेत सुझाब दिएको रावलले बताउनुभयो ।

    राष्ट्रिय सरोकार समितिले निजगढ विमानस्थलको स्थलगत निरीक्षण गरेर तयार पारेको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ । यसबारे सरकारको आधिकारिक जवाफ आउन बाँकी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.