सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ऋणमा ‘चितवन एक्सपो सेन्टर’ प्रदर्शनी केन्द्र


  •    न्युजभित्तो/२२ आश्विन २०७८, शुक्रबार १३:४४ 
  • नारायण अधिारी

    चितवन, २२ असोज । भरतपुरमा निर्माण गरिएको ‘चितवन एक्सपो सेन्टर’ प्रदर्शनी केन्द्रको निर्माण खर्च तिर्न नसकेपछि ऋण लिएर भुक्तानी गरिएको छ । उद्योग सङ्घका जिल्ला पदाधिकारी जमानी बसी बैंकबाट लिएको ऋणबाट आधा रकम बुझाइएको छ भने बाँकीका लागि ऋण खोजी भइरहेको छ ।

    सङ्घले निजी क्षेत्र र सरकारी सहयोगमा देशकै ठूलो र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण गरेको हो । सङ्घका अध्यक्ष राजु पौडेलका अनुसार केन्द्र निर्माणका लागि हालसम्म रु ३२ करोड खर्च भईसकेकामा रु १० करोड सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी व्यवसायीलगायत निजी क्षेत्रबाट सङ्कलन भएको थियो भने रु १५ करोड नेपाल सरकारले घरेलु तथा साना उद्योगमार्फत उपलब्ध गराएको थियो । बाँकी रु छ करोडभन्दा बढी भुक्तान गर्न बाँकी रहेकामा रु तीन करोड बैंकबाट ऋणमा लिएर निर्माणकर्तालाई भुक्तानी गरिएको उहाँले बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, “बाँकी रकम भुक्तानीका लागि ऋण थप गर्दैछौँ ।”

    अध्यक्ष, पूर्व अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र पाँच उपाध्यक्ष जवानी बसेर बैंकबाट ऋण लिइएको र नेपाल सरकारको सङ्घ, प्रदेश र स्थानीय तहबाट सहयोग जुटे ऋण तिर्न सकिने अपेक्षा गरिएको जानकारी दिँदै उहाँले बताउनुभयोे, “काम गरेकालाई भुक्तानी दिन ढिलो भएपछि हामी आफँै जवानी बसी ऋण खोजेर केही भुक्तानी गयौँ अब केही बाँकी नै छ ।”

    वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनी केन्द्रमा ढल, बाटो, रङरोगन, जेनेरेटर, फायरफाइटिङ, साउण्ड, सचिवालय व्यवस्थापनलगायत काम गर्न बाँकी छ । ती कामका लागि रु छ करोड हाराहारी खर्च हुने अनुमान छ । बाटोको काम बाग्मती प्रदेश सरकारको रु एक करोडको लागतमा गरिँदै छ । काम सम्पन्न गर्दा रु ३८ करोड हाराहारी खर्च हुने अनुमान छ ।

    तीन सय स्टल राख्न सकिने ६० हजार वर्गफिटको केन्द्रमा तीन ठूला बैठककक्ष छन् । ती कक्षको बीचको भाग हटाएर एउटै कक्ष पनि बनाउन सकिने गरी निर्माण गरिएको छ । पूर्ण वातानुकूलित यस कक्ष नेपालकै सबैभन्दा ठूलो भएको उहाँले बताउनुभयो ।
    कोभिड सङ्क्रमण देखिनु अघि १० वटा कार्यक्रम यसै कक्षमा सम्पन्न भइसकेका छन् । त्यस बखत उक्त कक्षमा कोरोना अस्थायी अस्पताल बनाइएको थियो । कोरोनाका कारण कार्यक्रम हुन नसक्दा केन्द्रले आम्दानीसमेत गर्न सकेको छैन । आउँदो पुस, फागुन र चैतमा अन्तर्राष्ट्रिय तीन वटा प्रदर्शनीका लागि कक्ष बुकिङ भइसकेका छन् । सामान्य अवस्थामा पनि वर्षमा १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनी हुने अपेक्षा गरिएको उपाध्यक्ष कँडेलको भनाइ थियो ।

    निजी क्षेत्रको साझेदारीमा बनाइएको यो देशकै महत्वपूर्ण परियोजना हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रको साझेदारीमा बनाइएकोे यो महत्वपूर्ण परियोजना सम्पन्न गर्न चितवन क्षेत्र नं ३ बाट निर्वाचित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सक्रियरुपमा लाग्नुभएको जानकारी दिँदै केही दिनभित्रै नजिता दिने गरी काम हुने आफूले विश्वास लिएको बताउनुभयो ।

    महानगरपालिकाले प्रदर्शनी परिसरमा रु ९० लाख खर्च गरेर औद्योगिक पाठशाला निर्माण गरेको छ । सङ्घका पदाधिकारी जमानी बसेर ऋण तिर्नुपर्ने अवस्था आएको छ भन्दै उहाँले सरकारले यसमा चासो देखाउनुपर्ने र महानगरले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    सङ्घमा एक हजार २०० सदस्य छन् । घरेलु तथा साना उद्योग कार्यालयको जग्गा २९ वर्षका लागि भाडामा लिएर प्रदर्शनी केन्द्र निर्माण गरिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.