सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी


  •    न्युजभित्तो/२२ आश्विन २०७८, शुक्रबार १२:१६ 
  • बेनी, २२ असोज । दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा निकासी हुँदै आएका थिए ।

    निकासी भएका सबै भेडाच्याङ्ग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिनुभयो । “स्वास्थ्य परीक्षणमा जम्मा तीन हजार ५६० पुगेको छ, व्यापारीले सङ्ख्या घटाएर टिपाएको भए पनि जिल्लाको नाकाबाट बाहिरिएको रिपोर्टमा १२ हजारको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका छन्”, उहाँले भन्नुभयो ।

    पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा रु १५ शुल्क तिर्नुपर्ने भएकाले समेत व्यापारीले आधाको मात्रै सङ्ख्या टिपाउने गरेको पाइएको छ । भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले थासाङ गाउँपालिका, बङ्गुर जोन र धवलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकसँग समन्वय गरेर भेडाच्याङ्गाको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो ।

    कार्यालयका अनुसार यस वर्ष मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङ्ग्रा र थोरै सङ्ख्यामा भेडा निकासी भएका छन् । यस वर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा आयात नभएका र मुस्ताङका घुम्ती गोठ तथा खोरपालेले उत्पादन गरेका भेडाच्याङ्ग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीले मूल्य बढाएका छन् ।

    गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा रु पाँचदेखि १० हजारसम्म मूल्य बढेको व्यापारीले बताएका छन् । जोमसोम पुगेर २०० च्याङ्ग्रा खरिद गरी ल्याएका सिन्धुपाल्चोकका अमरबहादुर ठकुरीले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा रु पाँचदेखि ११ हजारसम्म मूल्य बढी तिर्नुपरेको बताउनुभयो ।

    “अघिल्लो वर्ष प्रतिगोटा रु २५ हजारसम्ममा खरिद गथ्र्यौँ, यस वर्ष रु ३५ हजारसम्म परेको छ, पोखरासम्म पु¥याएर बिक्री गर्दा रु ४० हजारसम्ममा बिक्री गर्ने हो”, ठकुरीले भन्नुभयो । यस वर्ष डोल्पाबाट आएका चार हजार र बाँकी आठ हजार भेडाच्याङ्ग्रा मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङलगायत स्थानका किसानले पालेका भेडाच्याङग्रा बजारमा भित्र्याइएको छ ।

    म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवललगायत क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्याङ्ग्रा बजारमा ल्याइसकेका छन् । बजारमा रोजा भेडाच्याङ्ग्रालाई रु ४५ हजारसम्म पर्ने गरेको छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाली जडीबुटी खाने भएकाले दसैँ–तिहारजस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडा–च्याङ्ग्राको माग बढी हुने गर्दछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.