राप्ती नगरपालिकाको खुरखुरेदेखि लोथरसम्म सिसि क्यामरा जडान
न्युजभित्तो/२२ आश्विन २०७८, शुक्रबार ०९:४०
चितवन, २२ असोज । राप्ती नगरपालिकाको खुरखुरेदेखि लोथरसम्म सिसि क्यामरा जडान गरिएको छ । नगरपालिकाको राजमार्ग क्षेत्रमा सिसि क्यामरा जडान गरिएको हो ।
राप्ती नगरपालिकाले रु.१० लाख खर्च गरेर विभिन्न ६ स्थानमा सिसि क्यामरा जडान गरेको नगर प्रमुख प्रभा बरालले जानकारी दिनुभयो । बरालले दुर्घटना र अन्य अपराधिक गतिविधिको अनुसन्धान गर्न सहज होस् भन्नका लागि सिसि क्यामरा जडान गरिएको बताउनुभयो । सिसि क्यामराको मनिटर ईलाका प्रहरी कार्यालय डढुवामा राखिएको छ ।
यससँगै राजमार्गमा हुने दुर्घटना र अपराधिक घटनाको निष्पक्ष छानविन गर्न सहयोग पुग्नुका साथै यस्ता गतिविधिमा कमि आउने बरालले बताउनुभयो ।