सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर १० को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन


  •    न्युजभित्तो/२१ आश्विन २०७८, बिहीबार १५:५८ 
  • चितवन,२१ असोज । भरतपुर महानगरपालिका वडा नम्बर १० को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । आज (बिहीबार) एक कार्यक्रमकाबीच महानगर प्रमुख रेनु दाहालबाट नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको हो ।

    भरतपुर महानगर र जिल्ला समन्वय समितिको सहयोगमा निर्मित २ तले भवनको भरतपुर महानगर प्रमुख रेनु दाहालले उदघाटन गरेकी छिन् । २९ वटा वडा रहेको महानगरमा जनप्रतिनिधि आएपछि १४ वटा नयाँ भवनहरु निमार्ण भईसेका छन् भने ६ वटा लाई मर्मतसम्भार गरि सेवा प्रदान गरिदैं आएको छ । केही वडा भवन निमार्णका लागी प्रक्रिया अगाढी बढेको महानगरले जनाएको छ ।

    महानगरले १४ वटा वडाका नयाँ भवन निमार्णका लागि झण्डै ३१ करोड रकम लगानी गरेको महानगरका लेखा शाखा प्रमुख जगन्नाथ अर्यालले बताए । भवनको उदघाटन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले जनप्रतिनिधि आएको यो ४ वर्षको अबधिमा महानगरमा धेरै बिकास भएको बताईन् । भरतपुरमा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास लगाएत सबै क्षेत्रमा धेरै उल्लेख्य काम भएको बताउदै देशले गौरव गर्ने ठुला ठुला परियोजनाहरु पनि धमाधम निमार्ण भईराखेको दाबी गरिन् ।

    आफुहरुले जनताका बिचमा गरेका बाचा अनुसार अनवरत काम गरिरहेको दाहालले बताईन् । महानगरले आफ्नो बजेटबाट ठेक्कामा लगाएका कामहरु अहिले समयमै धमाधम निमार्ण भईराखेको र बिकासमा महानगर देशको मोडल बनेको पनि दाबी गरिन ।

    कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले कोरोनाको यो महामारीमा पनि एक दिन नथाकी आफुहरु निरन्तर विकास र जनताको सेवामा परिचालन भएको बताईन् । उनले बिकासमा महानगरले धेरै फड्को मारेको दाबी गरिन् । अझै आफुहरुले धेरै काम गर्न बाँकी रहेको उनको भनाई थियो ।

    कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता तथा वडा नम्वर १० का अध्यक्ष अरुण पिडित भण्डारीले महानगरमा सक्षम र इमान्दार महिला नेतृत्व आएकै कारण महानगरले अकल्पनिय रुपमा बिकास गर्न सफल भएको बताए । यस्तो नेतृत्व अब महानगरले कहिले नपाउने उनको भनाई छ । कार्यालय निमार्णसंगै अब सेवा प्रबाहमा थप सहज हुने उनको भनाई थियो ।

    कार्यक्रममा युएनडिपिले बिपतका बेला प्रयोग हुने उपकरणहरु समेत वडा कार्यालय लाई प्रदान गरेको छ । सो अवसरमा बिभिन्न ब्याक्तिहरुलाई सम्मान पत्रसंगै मायाको चिनो समेत प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.