चितवनमा ‘नो मास्क नो मुभमेन्ट’ अभियान असोज २२ गतेबाट सुरु
न्युजभित्तो/२० आश्विन २०७८, बुधबार १४:११
चितवन,२० असोज । जिल्ला प्रशासन कार्यालय चितवनले असोज २२ गतेबाट “नो मास्क नो मुभमेन्ट” अभियान सुरु गर्ने भएको छ ।उक्त अभियान एक सातासम्म चल्ने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए । बिशेष गरी सार्वजनिक सवारी साधनलाई लक्षित गरी उक्त अभियान चलाइने प्रजिअ तामाङले बताए ।
दशैं नजिकिएसँगै सर्वसाधारणको आवातजावत पनि बढ्ने भएको मास्क अनिवार्य गर्नका लागि अभियान चलाउन लागिएको उनले बताए । केन्द्रीय बस टर्मिनल भरतपुर, पोखरा बसपार्क नारायणगढ, पुलचोकसँगै जिल्लाका अन्य मुख्य क्षेत्रमा उक्त अभियान चलाइने उनले बताए । यस्तै कुरिनटारमा पनि उक्त अभियान सञ्चालन हुनेछ ।
दशैंमा मानिसको हिड्डुल बढी हुने मास्क नलगाउदा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भएकोले नागरिकलाई सचेत गराउन उक्त अभियान चलाउन लागिएको उनले बताए । “२१ गतेबाट नवरात्र प्रारम्भ हुँदैछ, त्यसपछि दशैंका लागि आवात जावत बढ्छ । यस्तो अवस्थामा मास्क नलाउँदा कोभिडको जोखिम हुन्छ, उनले भने, बिशेष गरी सार्वजनिक सवारी साधनलाई लक्षित गर्दै हामीले उक्त अभियान सञ्चालन गर्न लागेका हौं ।”
सार्वजनिक सवारीमा यात्रा गर्दा वा बजारमा किनमेलका लागि जाँदा मास्क नलगाई हिड्डुल गर्न पाइनेछैन । मास्क नलगाएकाहरुलाई प्रहरीले सम्झाई बुझाई मास्क वितरण गर्नेछ ।
यसैबीच चितवन प्रशासनले मास्क बैंक स्थापना गरेको छ । ‘नो मास्क, नो मुभमेन्ट’ अभियानकै लागि प्रशासनले मास्क बैंक स्थापना गरेको हो ।
मास्क बैंकमा बिभिन्न संघ संस्थाहरुले मास्क उपलब्ध गराएका छन् । भरतपुर महानगरपालिका, चितवन उद्योग संघलगायतका बिभिन्न संघसंस्थाहरुले बैंकमा मास्क उपलब्ध गराएका हुन् ।
संकलित मास्क चितवन प्रहरी, रेडक्रसलगायतले सर्वसाधारणहरुलाई वितरण गर्नेछन् । प्रजिअ तामाङले कोरोनाको जोखिम कायमै रहेकोले मास्क अनिवार्य लगाउन समेत सबैलाई आग्रह गरेका छन् ।
बजारमा कुनै पनि समस्या भए खबर गर्न आग्रह
चाडपर्व नजिकिएसँगै चितवनमा बजार अनुगमनलाई तिव्रता दिईएको छ । चाडपर्वको मौका छोपी बजारमा हुन सक्ने कालोबजारी, अस्वभाविक मुल्य वृद्धिलगायतलाई लक्षित गर्दै अनुगमन भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्रशासनले अनुगमनलाई तिव्रता दिएको बताए । बिभिन्न बाहानामा उपभोक्ता ठगिन सक्ने भएकोले दैनिक रुपमा बजार अनुगमन भइरहेको उनको भनाई छ ।
यस्तै उनले बजारमा कालोबजारी, अस्वभाविक मुल्य वृद्धि अथवा ठगिने अवस्था आए तुरुन्त खबर गर्न आग्रह गरेका छन् । “हामीले दैनिक रुपमा अनुगमन गरिरएका छौं, उनले भने, कालोबजारी, अस्वभाविक मुल्य वृद्धि, ठगिने, म्याद गुज्रेका सामाग्री बिक्री विकरण जस्ता कुनै पनि कार्य थाहा पाउनु भयो भने तुरुन्तै खबर गर्नुहोस्, हामी कारबाही गर्छौं ।”