सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आँखाको ज्योति फर्किएपछि संसार चिहाउँदै कलावती


  •    न्युजभित्तो/२० आश्विन २०७८, बुधबार १३:५० 
  • कञ्चनपुर, २० असोज । कृष्णपुर नगरपालिका– १ दोमिल्लाकी ५० वर्षीया कलावती खत्री निकै खुसी हुनुहुन्छ । आँखा नदेख्ने समस्याबाट मुक्ति पाएपछि उहाँ खुशी हुनुभएको हो ।

    धेरै पटक आँखाको उपचारका लागि अस्पताल पुगे पनि आर्थिक अभावले घर फर्किनु परेको तीतो अनुभव उहाँसँग छ । छ वर्ष अघिदेखि दुवै आँखामा मोतियाविन्दु भएपछि उहाँले देख्न छाडनुभएको थियो । नागरिक सुशासन समाज कञ्चनपुरको पहलमा दाताबाट रकम जुटाई कलावतीका दुवै आँखाको शल्यक्रिया गरिएको छ ।

    “आँखाको शल्यक्रिया भएपछि पहिलाझै देख्न थालेको छु”, उहाँले भन्नुभयो, “संसार चिहाउने अवसर पाइएको छ, निकै खुसी छु ।” आर्थिक सहयोग जुटाई आँखाको शल्यक्रिया गरी पुर्नजीवन प्राप्त गर्नमा सहयोग गर्नेको प्रशंसा गर्न उहाँ चुक्नु हुन्न । डेढकठ्ठामा झोपडी बनाइ बस्दै आउनुभएकी खत्रीका चार छोराछोरी छन् ।

    कलावतीका श्रीमान् शारीरिक रुपामा असक्त हुनुहुन्छ । श्रीमती दुवै आँखा नदेख्ने भएपछि परिवार पाल्न निकै कठिन भएको अवस्थामा श्रीमान्ले अँधियामा प्लाष्टिकका बोराहरु ल्याई त्यसबाट डोरी बनाइ बेचेर नून तेल खर्च चलाउँदै आउनुभएको थियो । लुगाफाटो र साँझ बिहानको खानाका लागि छिमेकीसँग हात फैलाउनुपर्ने खत्री परिवारको बाध्यता रहेको छ ।

    कलावतीले भन्नुभयो, “दुवै आँखा पहिलाझै देख्ने भएको छु । मजदूरी गरेर भए पनि परिवारका लागि साँझ बिहानको छाक टार्न सकिने भएको छ । ।” शल्यक्रिया गर्नका लागि लाग्ने शुःल्क तिर्न नसक्दा वर्षौसम्म अन्धकारमै बस्न बाध्य भएको उहाँको भनाइ छ ।

    नागरिक सुशासन समाज कञ्चनपुरका अध्यक्ष वीरबहादुर बोहराले भन्नुभयो, “समाजमा विद्यमान सङ्घ संस्था र जनप्रतिनिधिको पहिलो कर्तव्य भए पनि कुनै पनि निकायले कलावतीको अवस्थालाई नहेर्दा दाताको सहयोगमा आँखाको शल्यक्रिया गर्नमा सघाउ पु¥याएका छौं ।” समाजकै पहलमा कृष्णपुर नगरपालिका– १ दोमिल्लाकै चार विपन्न परिवारको खरको छानोमा जस्तापाता राख्न सहयोग गरिएको छ ।

    यसैगरी, शुक्लाफाँटा नगरपालिका– १० झलारीका ६० वर्षीय जनकलाल डगौराको समेत समाजको पहलमा मोतिया विन्दुको आँखाको शल्यक्रिया गरी आँँखाको ज्योति फर्काइएको छ । नागरिक सुशासन समाजले समाजमा विद्यमान भ्रष्ट्राचार, लागुऔषध र सामाज सेवाका क्षेत्रमा स्थानीयस्तरमै सहयोग जुटाई कार्य अगाडि बढाउदै आएको छ

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.