सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका केरा उत्पादक किसान भन्छन्- भारतीय केरा आयातमा रोक लगाऊ


  •    न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार १५:२५ 
  • चितवन, १८ असोज । चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जनाएको हो ।

    भारतबाट बैध तथा अवैधरूपमा केरा भित्रनु दुःखद रहेको भन्दै सङ्घले नेपालमै उत्पादित केरालाई प्रथामिकता दिनुपर्ने जनाएको हो । सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा चितवनसहित विभिन्न जिल्लाका किसानले उत्पादन गरेको केरा खेतमै तयारी अवस्थामा रहनु तर विदेशी केराले बजार ओगट्नु दुःखद रहेको जनाइएको छ ।

    देशका ठूला बजारमा रहेका थोक केरा व्यापारी, खुद्रा व्यापारी र केही ठूला फलफूल व्यापारी मिलेर बजारलाई नियन्त्रणमा लिन खोजिएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, “नेपाली किसानको उत्पादनलाई कमभन्दा कम दरमा खरिद गरी मार्ने काम भएको छ, यसलाई रोक्न भारतीय केरा आयातमा तत्काल रोक लागउन हामी माग गर्दछौ ।”

    नेपाली केरा किसान भारतीय आयातित केराका कारण विस्थापित हुने अवस्थामा पुग्दासमेत सम्बन्धित निकायले ध्यान दिन नसकेको सङ्घले जनाइएको छ । नेपालको चेक पोस्टमा भारतीय केराको विषादी कडाइका साथ जाँच गर्र्न, आयात हुने केराको भन्सारदर वृद्धि गरी अंकुश लगाउनाका साथै नेपाली केराको उत्पादन वृद्धि र बजार व्यवस्थापन गर्न पनि अनुरोध गरिएको छ ।

    भारतीय केरा आयातमा रोक नलगाए सम्पूर्ण केरा किसान आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा जनाइएको छ । चितवनमा हाल ७१२ व्यावसायिक किसानले केरा खेती गर्दै आएका छन् । जिल्लामा तीन हजार ५० विघा जमिनमा केराखेती हुँदै आएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.