सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालमा बिहान ८ः३० बजेबाट बहिरङग सेवा


  •    न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार १५:१९ 
  • चितवन, १८ असोज । भरतपुर अस्पतालमा बिरामीको चापबढेसँगै बहिरङ्ग सेवाको समय बढाएको छ । अस्पतालले आजैदेखि सेवा समय बढाएको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बिहान ८ बजेदेखि टिकट खुल्ला हुनेछ भने ८ः३० बजेबाट परीक्षण सुरु गरिने छ ।

    बिरामीले टिकट काटिसकेपछि लामो समयसम्म कुर्न नपरोस् भनेर तीन छुुट्टा–छुट्टै कक्षबाट यो सेवा सुरु गरिएको छ । यसअघि सञ्चालित बहिरग सेवा बिहान ९ बजेबाट नियमित नै सञ्चालन गरिने र यो सेवा सुरु गरेसँगै अस्पतालमा लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य हुने उहाँको भनाइ थियो ।

    यो सेवामा मेडिकल जनरलिष्ट र मेडिकल अफिसरले बिरामीको परीक्षण गर्ने छन् । आवश्यकतानुसार थप परीक्षण गर्नुपर्ने भए विशेषज्ञकहाँ पठाउने व्यवस्था गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिनुभयो । टिकट काट्न र ओपिडीमा परीक्षण गर्न लामो समय पर्खनुपर्ने गुनासो आएकाले अस्पतालले सेवा विस्तार गरेको हो । अस्पतालले छिट्टै अनलाइनबाट बहिरङ्ग सेवाको टिकट काट्ने व्यवस्था गर्ने जनाइएको छ ।

    कोरोनाको सङ्क्रमण घटेसँगै अन्य बिरामीको चाप बढ्दै गएको छ । सरकारी यस अस्पतालमा चितवनसहित छिमेकी १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । प्रसूति सेवाका लागि काठमाडौँको प्रसूतिगृह पछि सबैभन्दा धेरै प्रसूति सेवा दिनेमा यही अस्पताल पर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.