सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लठ्ठीले हानेर छोराले गरे बाबुको हत्या


  •    न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार १५:०६ 
  • कुश्मा,१८ असोज । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन्। स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको ४५ वर्षिय उनैका छोरा राजकुमार विकले हत्या गरेका हुन्। घरायसी झगडाको क्रममा गएराती १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार गएराती घरमा बाबुछोरा मात्रै थिए भने मृतककी श्रीमती माईतीघर गएकी थिइन्। घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपनि काठको, ढुंगा,लठ्ठी प्रहार गरेर हत्या गरेजस्तो देखिएको डिएसपी बुढाथोकीले बताए। मृतकको मोवाईलसमेत टुक्राटुक्रा परेको छ भने भान्सामासमेत ढुंगाहरु देखिएका छन्।

    आज विहान छिमेकीले मृतक विकको शव घरको बलेसीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले हत्याको आरोपमा मृतक विकका छोरा राजकुमारलाई पक्राउ गरेको छ। अहिले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भैरहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.