सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा भोलि (मंगलबार) दिनभर विद्युत अवरुद्ध हुने


  •    न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार १४:५६ 
  • चितवन, १८ असोज । भरतपुरमा भोलि (मंगलबार) दिनभर विद्युत अवरुद्ध हुने भएको छ। बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुने  विद्युत प्राधिकरण भरतपुरले जनाएको हो ।

    विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले सवस्टेशनमा स्तरोन्नतीको काम गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने बताए ।

    १३२ केभी, ३३ केभी र ११ केभी हेटौंडा ग्रीड अन्तर्गतको भरतपुर महानगरपालिका ११ बसेनीमा रहेको सवस्टेशनमा ११ केभी भिसिबि र लोड ब्रेकर स्विचहरु स्तरोन्नती गर्न लागिएको प्रमुख सिंहले बताए ।

    भिसिबि र लोड ब्रेकर पूरानो भइसकेका र कम क्षमताका पनि भएकाले नयाँ फेर्न लागिएको उनले बताए । स्तरोन्नती गरेपछि भरतपुरमा भोल्टेजको समस्या, केबल पड्कने समस्या समाधान हुने उनको भनाइ छ ।

    यस्तै विस्तारको क्रममा रहेको पुल्चोक–गोन्द्राङ्ग सडकमा भोलि पोल सार्ने काम पनि हुँदैछ । त्यसैले दुबैतर्फको काम एकैदिन पार्न खोजिएको प्रमुख सिंहले बताए ।

    भरतपुर सवस्टेशनबाट वितरण हुँदै आएका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुन लागेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.