सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संस्थागत सुत्केरी र गर्भ जाँच गराउने झन् घट्दै


  •    न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार १३:२१ 
  • रुकुमपूर्व, १८ असोज । रुकुमपूर्वमा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने र गर्भ जाँच गराउने महिलाको सङ्ख्यामा कमी आएको पाइएको छ । संस्थागत सुत्केरी हुने र गर्भ जाँच गराउनेको सङ्ख्या गत तीन वर्षयताको अवस्था हेर्दा सो तथ्याङ्कमा कमी आएको पाइएको हो ।

    रुकुमपूर्वमा गएको आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा सुत्केरी भएका कूल ६९२ जनामा ५२ प्रतिशत मात्र संस्थागत सुत्केरी भएका छन् । घरमै सुत्केरी हुनेको प्रतिशत लगभग ४८ छ । यसैगरी आर्थिक वर्ष २०७६÷७७ मा ५७१ महिला सुत्केरी भएका थिए । जसमा त्यस वर्ष संस्थागत सुत्केरी हुनेको प्रतिशत ४६ रहेको छ ।

    त्यसको अघिल्लो अर्थात् आव २०७५÷७६ मा ५८५ जना सुत्केरी भएकामा संस्थागत सुत्केरीको दर ४७ प्रतिशत रहेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन एवं सूचना अधिकारी निमप्रसाद गिरीले जानकारी दिनुभएको छ ।

    यसमा पनि ५० प्रतिशत दक्ष प्रसूतिकर्मीमार्फत सुत्केरी हुने गरेका छन् भने ५० प्रतिशत अन्य स्वास्थ्यकर्मीमार्फत सुत्केरी हुने गरेका छन् । संस्थागत सुत्केरी हुने पुथाउत्तरगङ्गा गाउँपालिकामा सबैभन्दा कम रहेको छ । सूचना अधिकारी गिरीका अनुसार गएको तीन वर्षमा पहिलो वर्ष १२७, दोस्रो वर्ष ९३ जना संस्थागत सुत्केरी भएका छन् ।

    यसैगरी भूमे गाउँपालिकामा पहिलो वर्ष २२५, दोस्रो वर्ष २२९ र तेस्रो वर्षमा २४० जना स्वास्थ्य संस्थामा सुत्केरी भएका सूचना अधिकारी गिरीले बताउनुभयो । सिस्नेमा भने पहिलो वर्ष २३३, दोस्रो वर्ष २४९ जना र तेस्रो वर्षमा ३०४ जना स्वास्थ्य संस्थामा गएर सुत्केरी भएका छन् ।

    यसैगरी जिल्लामा गर्भ जाँच गराउनेमा पछिल्ला तीन वर्षमा करिब ४४ मात्र रहेका थिए । सूचना अधिकारी गिरीले गर्भवती भएपछि पहिलो पटक गर्भ जाँच गराउने ६० प्रतिशत हुने गरेको र चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भ जाँच गराउनेको सङ्ख्या भने ४५ प्रतिशतमा झर्ने गरेको बताउनुभयो ।

    भौगोलिक हिसाबले विकट यस क्षेत्रका सबै नागरिक स्वास्थ्य संस्थाको पहँुचमा नहुनु, अज्ञानता, जनचेतनाको कमीलगायत कारणले जिल्लामा स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउने र सुत्केरी हुनेको सङ्ख्या नबढ्ने गरेको स्वास्थ्य कार्यालय रुकुमपूर्वले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.