सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा गुरुकुल सञ्चालन


  •    न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार १२:४९ 
  • कञ्चनपुर, १८ असोज । भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा महाकाली शारदा विद्यापीठ बेद विद्याश्रम गुरुकुल सञ्चालनमा ल्याइएको छ ।

    वैदिक संस्कृत शिक्षा संरक्षणमा टेवा पु¥याउने उद्देश्य लिएर आवासीय गुरुकुल सञ्चालन गरिएको हो । नगरपालिकाको शिक्षा शाखाबाट गुरुकुलमा आधारभूत तहको कक्षा ६ सम्मको पठनपाठन गर्ने अनुमति पाइएको छ ।

    अनौपचारिकरुपमा गुरुकुलमा शैक्षिकसत्र २०७७ देखि पठनपाठन सुरु गरेको भए पनि शैक्षिकसत्र २०७८ बाट स्वीकृति लिई कक्षा सञ्चालन गरी पठनपाठनको कार्य भइरहेको गुरुकुलका संस्थापक सदस्य मोहनचन्द्र जोशीले बताउनुभयो ।

    “गुरुकुलीय शिक्षा पद्धतिमा आधारित भएर विद्यार्थीको नैतिक, चारित्रिक, धार्मिक, बौद्धिक विकास गर्नेलगायत कार्यक्रम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई स्वावलम्बी र आत्मअनुशासित बनाउने उद्देश्य रहेको छ ।”

    निर्धारित पाठ्यक्रमअनुसार नेपाली, अङ्ग्रेजी, गणीत, कर्मकाण्ड, संस्कृत ब्याकरण, नीतिशास्त्र र संस्कृत संरचनालगायत विषय पठनपाठन भइरहेका छन् । गुरुकुलमा छात्रा दुई र छात्र १० गरी १२ जना भर्ना भएका छन् । चालू शैक्षिकसत्रमा १५ जना विद्यार्थी भर्ना गर्ने गुरुकुलले लक्ष्य लिएको छ ।

    “मुठ्ठी दानका माध्यमबाट गुरुकुल सञ्चालन भइरहेको छ”, संस्थापक सदस्य जोशीले भन्नुभयो, “केही दाताले पनि सहयोग गरेका छन्, दाताकै भरमा छौँ ।” गुरुकुल सञ्चालनका लागि छुट्टै भवनसमेत अभाव छ । धाम क्षेत्रकै आश्रममा गुरुकुलमा पठनपाठनको कार्य हुँदै आएको छ ।

    शिक्षक दरबन्दीका लागि नगरपलिकासँग आग्रह गरिएको उहाँले बताउनुभयो । हाल गुरुकुलमा दुई शिक्षकले पठनपाठनको कार्य गर्दै आएका छन् । मुठ्ठी दानबाट सङ्कलन भएको रकमबाट शिक्षकको तलब र गुरुकुलमा बसेर पढ्दै आएका विद्यार्थीको खाना खर्च बेहोरिँदै आएको छ ।

    मासिकरुपमा शिक्षकको तलबका लागि रु ३५ हजार र विद्यार्थीको खाना खर्च रु १५ हजार गरी रु ५० हजार जति खर्च हुने गरेको छ । गुरुकुलमा बझाङ, कैलाली र कञ्चनपुरका विद्यार्थी भर्ना भई पढ्दै आएका छन् । सुदूरपश्चिम प्रदेशमा १८ गुरुकुल सञ्चालनमा छन् । त्यसमध्ये दुई कञ्चनपुरमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.