सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाउन्ने घोराही सडक खण्ड : यात्रुलाई सास्ती


  •    न्युजभित्तो/१५ आश्विन २०७८, शुक्रबार १३:०४ 
  • गण्डकी, १५ असोज । पोखराबाट दाङ तुलसीपुरका लागि यही असोज ६ गते साँझ ६ बजे छुटेको रात्रि बस भोलिपल्ट साँझ ६ बजे गन्तव्यमा पुगेको थियो । बढीमा सो स्थान पुग्न नौ घण्टा समय लाग्छ । २४ घण्टा समय गाडीमा बिताउनुपर्दाको पीडा यतिखेर उक्त सडकखण्डको नियति जस्तै बनेको पाइएको रुपा गाउँपालिका–७ का कालिदास सुवेदीले बताउनुभयो ।

    पूर्वपश्चिम राजमार्ग खण्डको धानखोलाको सडकमा पल्टिएको मालवाहक ट्रकले दुवैतर्पmको यातायात अवरुद्ध हुँदा आठ घण्टा जाममा परेको उहाँले गुनासो गर्नुभयो । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने घोराही खण्डमा बारम्बार हुने जामका कारण सास्ती भोग्नु यतिखेर बाध्यता बनेको छ । यातायातका साधनको अत्यधिक चाप साँघुरो एवं जीर्ण सडकको कारण बारम्बार हुने जामले गर्दा सडक प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो ।

    गुड्दा गुड्दैका यातायातका साधान अचानक सडकमै दुर्घटना हुने र बिग्रँने गर्दा सडक अवरुद्ध भएपछि राजमार्गको दुवैतर्पm यात्रुवाहक तथा मालवाहकलगायत ठूला एवं साना यातायातका सयौँ साधनको लाम देख्दा यात्रुमा अत्यास लाग्ने गरेको छ ।

    पश्चिमतर्फ जाँदै गरेको ना६ख ७९५७ नंको ट्रक असोज १० गते साँझ ६ बजे दाउन्नेको उकालोमा दुर्घटना भयो । सिसा बोकेर पश्चिम जाँदै गरेको सो ट्रक बाटोमा पल्टिएको हुँदा दुवैतर्पmका यातायाताका साधन जाममा परे । सडकमा पल्टिएको सो गाडीको कारण प्रहरी, यात्री र स्थानीयको पहलमा सात घण्टापछि मात्र बाटो एकतर्फी खुला भयो सयौँका सङ्ख्यामा जाममा परेका सवारी साधन पूर्णरुपमा खुला हुनत एक दिन नै लागेको पर्वतका बस यात्रु खुम सुवेदी बताउनुभयो ।

    यी त सामान्य उदाहरण मात्र हुन मुलुकभरिका ठूला वा साना राजमार्गमा यात्रा गर्ने अधिकांश यात्रुले अहिले पनि यस्तै सास्ती भोग्न बाध्य छन् । सडक छेउमा दुर्घटनामा परेका र बिग्रेका यातायातका साधन देख्दा अधिकांश राजमार्ग ग्यारेजमा परिणत भएको जस्तो दृष्य देखिन थालेको सडक प्रयोगकर्ताको सामूहिक धारणा छ ।

    गुड्दागुड्दैको मालवाहक ट्रक सडकमा पल्टिने र त्यसलाई तत्काल हटाएर सडक खुलाउने हाम्रो कुनै संयन्त्र नरहेको यस सडकखण्डमा यात्रा गर्नेको गुनासो छ । पोखराबाट दाङको तुलसीपुर यात्रु लिएर जाँदै गरेका ना६ख ९२४ बस चालक रामप्रसाद बञ्जाडेका अनुसार जताततै बाटो अवरुद्ध हुँदा यात्रुलाई समयमा गन्तव्य पु¥याउन नसकेको जनाउँदै अहिले पनि सडकमा हप्तौँ पहिले पल्टिएका र नयाँ बिग्रिएका गाडीका कारण घण्टौँ जाम हुने गरेको बताउनुभयो ।

    उहाँ भन्नुभयो, “सरकारले बाटो मर्मतमा ध्यान नदिनु र १० चक्के ट्रकको हकमा १६ टन र १२ चक्केका लागि २१ देखि २४ टनसम्म बोक्न पाउने नेपालको मापदण्ड भए पनि भारतबाट आउने मालवाहक ट्रकले भने ३४ देखि ४० टनसम्म बोक्ने गर्दा ओभर लोडका कारण नेपालका राजमार्गका बाटो बिग्रँने, बढी दुर्घटना र जाम जस्ता समस्याले यात्रुसहित गाडीका स्टाफलाई समेत जटिल समस्या पर्ने गरेको छ ।”

    यस वर्ष पानी बढी परेका कारण अधिकांश सडक जीर्ण अवस्थामा पुगेका छन्, अहिले पनि बाटोमा पहिरो झर्नेक्रम जारी छ कतिखेर के हुन्छ भन्न नसकिने बताउँदै उहाँले दुर्घटनामा परेका गाडी सडकबाट हटाउने र बिग्रेका गाडी मर्मत गरेर बन्द सडकलाई तत्काल खुलाउने व्यवस्था गर्न सके मात्र यात्रुलाई तोकिएका सयममा गन्तव्यमा पु¥याउन सकिने बताउनुभयो ।

    सडक एकतर्फी खुल्दा पनि लामबद्ध भएर नबसिकन कतिपय चालकले हतार गर्दा थप जाम हुने गरेकोसमेत उहाँको भनाइ छ । कोरोना कहरको सङ्क्रमण कमहुँदै गएको छ । दसैँ, तिहार, छठ जस्ता चाडपर्व नजिक आइसकेका छन् । सो सडक खण्डमा जाम हुने अवस्थाको अन्त्य गर्न सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.