सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अध्यक्ष प्रचण्ड भन्नुहुन्छ : इतिहासको जति राम्रो अन्वेषण हुन्छ, राष्ट्र त्यति नै समृद्ध बन्छ


  •    /२५ श्रावण २०७६, शनिबार २२:०६ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको जति अन्वेषण गर्नसक्यो राष्ट्र त्यति नै समृद्ध बन्ने बताउनुभएको छ ।

    हिलिहाङ फाउन्डेसनद्वारा आज ललितपुरको खुमलटारमा आयोजित हर्कबहादुर योङ्हाङ, लिम्बूद्वारा लिखित ‘हिलिहाङ इन द हिस्टोरी अफ नेपाल’ पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको देश नेपालमा विशाल संस्कृति रहेको बताउनुभयो ।

    यस्ता संस्कृतिको अध्ययनको खाँचो रहेको र जति अध्ययन गर्यो त्यति नै गहिरिँदै जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “इतिहासको जति राम्रो अन्वेषण हुन्छ, वर्तमानमा राष्ट्र त्यति नै समृद्ध बन्छ ।”

    पुस्तकले वर्तमानमा केही सहयोग गर्ने र भविश्यको निम्ति आधार निर्माण गर्ने काम गरेको उल्लेख गर्दै उहाँले अन्वेषणात्मक पुस्तक प्रकाशन भएकामा प्रशंसा गर्नुभयो । अङ्ग्रेजीमा समेत अनुवाद गरेर देश बाहिर पुर्याउने काम भएकामा उहाँले खुशी व्यक्त गर्नुभयो । अझ धेरै अध्ययन र अन्वेषण गरी हाम्रो पुस्तालाई दीक्षित गर्दै भावी पुस्ताका लागि जानकारी दिन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.