सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिस टुरिज्मको उपाधि आरजुलाई


  •    /२५ श्रावण २०७६, शनिबार १९:१३ 
  • काठमाडौँ । यस वर्षको ‘मिस टुरिज्म’ को उपाधि विराटनगरकी आरजु पोखरेलले जितेकी छन् । आज भएको अन्तिम प्रतिस्पर्धामा १० प्रतियोगीलाई पछाडि पार्दै २१ वर्षीया पोखरेलले सन् २०१९को सो उपाधि चुमेकी हुन् ।

    निर्णायक नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले सोधेको ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रमलाई सफल पार्न गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन् ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै पोखरेलले उपाधि जित्न सफल भएकी हुन्। उपाधिसँगै उनले रु ५० हजार नगद प्राप्त गर्नुका साथै पर्यटन क्षेत्रमा विभिन्न अवसर पाउनेछिन् ।

    प्रतियोगितामा फष्ट रनअर अप काठमाडौँकी युसिका तुलाधर र सेकेन्ड रनअर अप झापाकी सविता न्यौपाने घोषित भए । उनीहरुले क्रमशः रु ३० हजार र २० हजार हात पारे । मिस टुरिज्मको उपाधि विजेता पोखरलेले ट्राभल एण्ड टुरिज्म विषयमा स्नातक गरेकी छिन् । उनले रोयल माउण्टेन ट्राभलमा काम गर्दै आएकी छिन् । ताज जितेपछि पोखरेलले नेपाल भ्रमण वर्ष अयिभानलाई सफल बनाउन सक्रियरूपमा लाग्ने बताइन्।

    उनले आफू पर्यटन क्षेत्रमै आवद्ध भएकोले आफ्नो अनुभवलाई आगामी दिनमा पनि यस क्षेत्रको प्रवर्धनमा सहयोग गर्ने बताइन्। प्वाइन्ट मिडिया प्रालिले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मिस टुरिज्म प्रतियोगिता आयोजना गर्दै आएको छ । पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र आम युवालाई आकर्षित गर्दै पर्यटन प्रवर्धन गर्ने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको कम्पनीका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताए ।

    सन् २०१६ देखि हरेक वर्ष मिस टुरिज्म प्रतियोगिता गरिदै आएको छ । पहिलो मिस टुरिज्म ओरुसा थापा भइन् भने सन् २०१७ मा आरती थापा र सन् २०१८ मा मनिता पौडेलले उपाधि जितेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.