सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिस टुरिज्मको उपाधि आरजुलाई


  •    /२५ श्रावण २०७६, शनिबार १९:१३ 
  • काठमाडौँ । यस वर्षको ‘मिस टुरिज्म’ को उपाधि विराटनगरकी आरजु पोखरेलले जितेकी छन् । आज भएको अन्तिम प्रतिस्पर्धामा १० प्रतियोगीलाई पछाडि पार्दै २१ वर्षीया पोखरेलले सन् २०१९को सो उपाधि चुमेकी हुन् ।

    निर्णायक नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले सोधेको ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रमलाई सफल पार्न गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन् ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै पोखरेलले उपाधि जित्न सफल भएकी हुन्। उपाधिसँगै उनले रु ५० हजार नगद प्राप्त गर्नुका साथै पर्यटन क्षेत्रमा विभिन्न अवसर पाउनेछिन् ।

    प्रतियोगितामा फष्ट रनअर अप काठमाडौँकी युसिका तुलाधर र सेकेन्ड रनअर अप झापाकी सविता न्यौपाने घोषित भए । उनीहरुले क्रमशः रु ३० हजार र २० हजार हात पारे । मिस टुरिज्मको उपाधि विजेता पोखरलेले ट्राभल एण्ड टुरिज्म विषयमा स्नातक गरेकी छिन् । उनले रोयल माउण्टेन ट्राभलमा काम गर्दै आएकी छिन् । ताज जितेपछि पोखरेलले नेपाल भ्रमण वर्ष अयिभानलाई सफल बनाउन सक्रियरूपमा लाग्ने बताइन्।

    उनले आफू पर्यटन क्षेत्रमै आवद्ध भएकोले आफ्नो अनुभवलाई आगामी दिनमा पनि यस क्षेत्रको प्रवर्धनमा सहयोग गर्ने बताइन्। प्वाइन्ट मिडिया प्रालिले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मिस टुरिज्म प्रतियोगिता आयोजना गर्दै आएको छ । पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र आम युवालाई आकर्षित गर्दै पर्यटन प्रवर्धन गर्ने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको कम्पनीका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताए ।

    सन् २०१६ देखि हरेक वर्ष मिस टुरिज्म प्रतियोगिता गरिदै आएको छ । पहिलो मिस टुरिज्म ओरुसा थापा भइन् भने सन् २०१७ मा आरती थापा र सन् २०१८ मा मनिता पौडेलले उपाधि जितेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार
    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण
    • राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
    • अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया
    • अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
    • कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.