सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नदिजन्य पदार्थ चोरी गरे २५ हजार जरिवाना


  •    न्युजभित्तो/१३ आश्विन २०७८, बुधबार १५:४८ 
  • चितवन,१३ असोज । खोलाहरुमा नदिजन्य पदार्थको चरम दोहन हुन थालेपछि स्थानीय तहले कडाई गर्न थालेका छन् । दिन प्रतिदिन चोरी निकासी वढ्दै गए पछि यहाँका खैरहनी र रत्ननगर नगरपालिकाले चोरी नियन्त्रणका लागि कडाई गरेका हुन् ।

    उनीहरुले चोरी निकासीमा सलग्न रहेको पाईएमा पहिलो पटक रु २५ हजार जरिवाना गराउने निर्णय गरेका छन् । यसअघि चोरी निकासी गरेको सलग्न रहेको पाईएमा प्रति ट्याक्टर रु १० हजार जरिवाना गराईदै आएको थियो । मंगलवार कयर खोला व्यवस्थापन समितिको वैठक वसेर चोरी निकासीमा सलग्न ट्याक्टरलाई अव २५ हजार रुपैयाँ सम्म जरिवाना गराउने निर्णय गरेको छ । साथै १५ दिन त्यस्ता सवारी साधनलाई नियन्त्रणमै राख्ने निर्णय भएको कयर खोला व्यवस्थापन समितिका सदस्य एवं खैरहनी नगरपालिका इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

    दोश्रो पटक चोरी गरेको पाईएमा ५० हजार जरिवाना र १५ दिननै सवारी नियन्त्रणमा राखिने छ भने तेश्रो पटक पक्राउ परेमा चोरीको मुद्या चलाउने निर्णय भएको श्रेष्ठले वताउनुभयो । वैठकले कयर खोला आसपासमा डम्पिङ गरेर राखेको नदिजन्य पदार्थको स्टक नापजाँच गर्न रत्ननगर र खैरहनी नगरपालिकाको उपप्रमुख,सम्वन्धीत वडाका वडाध्यक्ष, प्राविधिक र प्रहरीको सयुक्त टोलीले सो डम्पिङ गरेको नदिजन्य पदार्थको यथार्थ नापजाँच गरि प्रतिवेदन पेश गर्न लगाउने निर्णय गरेको छ ।

    कयर खोला व्यवस्थापन समितिका संयोजक एवं खैरहनी १ का वडाध्यक्ष भुमि प्रसाद कडेंलको अध्यक्षतामा वसेको वैठकमा समिति सदस्यहरु, दुवै नगरपालिका प्रमुखहरु, उपप्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, कयर खोलाले छोएर वग्ने दुवै नगरपालिकाका वडाध्यक्षहरु, इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी इन्द्र राना, इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक सुवास भट्ट लगायत उपस्थित रहेको थियो । इलाका प्रहरी कार्यालय खैरहनीको तथ्यांक अनुसार असार यता नदिजन्य पदार्थ चोरीमा सलग्न ६८ वटा ट्याक्टर नियन्त्रणमा लिई कारवाही गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.