चितवन,१३ असोज । खोलाहरुमा नदिजन्य पदार्थको चरम दोहन हुन थालेपछि स्थानीय तहले कडाई गर्न थालेका छन् । दिन प्रतिदिन चोरी निकासी वढ्दै गए पछि यहाँका खैरहनी र रत्ननगर नगरपालिकाले चोरी नियन्त्रणका लागि कडाई गरेका हुन् ।
उनीहरुले चोरी निकासीमा सलग्न रहेको पाईएमा पहिलो पटक रु २५ हजार जरिवाना गराउने निर्णय गरेका छन् । यसअघि चोरी निकासी गरेको सलग्न रहेको पाईएमा प्रति ट्याक्टर रु १० हजार जरिवाना गराईदै आएको थियो । मंगलवार कयर खोला व्यवस्थापन समितिको वैठक वसेर चोरी निकासीमा सलग्न ट्याक्टरलाई अव २५ हजार रुपैयाँ सम्म जरिवाना गराउने निर्णय गरेको छ । साथै १५ दिन त्यस्ता सवारी साधनलाई नियन्त्रणमै राख्ने निर्णय भएको कयर खोला व्यवस्थापन समितिका सदस्य एवं खैरहनी नगरपालिका इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
दोश्रो पटक चोरी गरेको पाईएमा ५० हजार जरिवाना र १५ दिननै सवारी नियन्त्रणमा राखिने छ भने तेश्रो पटक पक्राउ परेमा चोरीको मुद्या चलाउने निर्णय भएको श्रेष्ठले वताउनुभयो । वैठकले कयर खोला आसपासमा डम्पिङ गरेर राखेको नदिजन्य पदार्थको स्टक नापजाँच गर्न रत्ननगर र खैरहनी नगरपालिकाको उपप्रमुख,सम्वन्धीत वडाका वडाध्यक्ष, प्राविधिक र प्रहरीको सयुक्त टोलीले सो डम्पिङ गरेको नदिजन्य पदार्थको यथार्थ नापजाँच गरि प्रतिवेदन पेश गर्न लगाउने निर्णय गरेको छ ।
कयर खोला व्यवस्थापन समितिका संयोजक एवं खैरहनी १ का वडाध्यक्ष भुमि प्रसाद कडेंलको अध्यक्षतामा वसेको वैठकमा समिति सदस्यहरु, दुवै नगरपालिका प्रमुखहरु, उपप्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, कयर खोलाले छोएर वग्ने दुवै नगरपालिकाका वडाध्यक्षहरु, इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी इन्द्र राना, इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक सुवास भट्ट लगायत उपस्थित रहेको थियो । इलाका प्रहरी कार्यालय खैरहनीको तथ्यांक अनुसार असार यता नदिजन्य पदार्थ चोरीमा सलग्न ६८ वटा ट्याक्टर नियन्त्रणमा लिई कारवाही गरिसकेको छ ।