चितवनमा आज कोरोना संक्रमणबाट थप एकको मृत्यु, ४८ नयाँ थपिए
न्युजभित्तो/१२ आश्विन २०७८, मंगलवार १६:००
चितवन,१२ असोज । चितवनमा आज कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै जिल्लाभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१३ पुगेको छ ।
आज चितवनमा थप ४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार चितवनमा पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट ३६ र एन्टिजेनबाट परिक्षण गरिएका १२ जना गरी थप ४८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लाभर संक्रमितको संख्या २५ हजार ८७४ पुगेको छ ।
आज जिल्लाभर सक्रिय संक्रमित ५६७ जना रहेका छन् । उनीहरु मध्ये ५२५ जना होम आइसोलेसनमा छन् भने ४२ जना अस्पतालमा रहेका छन् ।
यता, आज चितवनमा ४१ जनाले कोरोना जितेका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २४ हजार ८९४ पुगेको छ ।