सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हेल्प फर हेपिनेसको वार्षिकोत्सव सम्पन्न


  •    न्युजभित्तो/१२ आश्विन २०७८, मंगलवार १४:२३ 
  • चितवन, १२ असोज । सामाजिक संस्था हेल्प फर हेपिनेस चितवनले सोमबार छैटौं वार्षिकोत्सव मनाएको छ । संस्थाले विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

    छैठौं वर्ष पार गरी सातौ वर्षमा प्रवेश गरेको संस्थाले देवघाटको समाज कल्याण केन्द्रमा रहनु भएका आमा बुबालाई खाना खुवाएर वार्षिकोत्सव मनाएको छ । सो अवसरमा प्रमुख अतिथि हेल्प फर हेप्पिनेसका सचिब काशिराम चालिसेले संस्थालाई यो ठाउँसम्म पुयाउन सहयोग गनुभएको सबैमा धन्यवाद दिनुभयो। संस्थाको चितवन टिमले आजसम्म गरेको कामहरु सम्मानयोग्य रहेको भन्दै चितवन टिमलाई धन्यवाद दिनुभयो ।

    हेल्प फर हेप्पिनेस चितवन टिमका संयोजक रमन वाग्लेले सामाजिक कार्यमा अगाडि बढेको यस संस्थाले देशका बिबिन्न स्थानहरुमा गरेको कार्यहरुले सामाजिक कार्यमा गर्न प्रेरणा मिलेको बताउनुभयो । आमा बुबाहरुसँग संस्थाको वार्षिकोत्सव मनाउन पाउँदा निकै खुशी लागेको उहाँको भनाई छ । उहाँको अनुसार यस अघि पनि संस्थाले देवघाटमा र अन्य स्थानमा रहनु हुने बृद्धबृद्धाहरुलाई स्वास्थ्य सामग्री र भोजनका विभिन्न कार्यक्रम गर्दै आएको छ । संंस्थाले विभिन्न बालआश्रममा, बृद्ध आश्रममा विभिन्न कार्यक्रम, स्वास्थ्य शिविर, रक्तदान, सरसफाइ जस्तो कार्यक्रम गर्दै आएको छ । यस्तै बालबालिकाको लागि शैक्षिक सामाग्री वितरण समेत गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.