सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पीसीआर प्रयोगशाला सञ्चालनपछि तीन जिल्लाबासी लाभान्वित हँुदै


  •    न्युजभित्तो/१० आश्विन २०७८, आईतवार १३:५० 
  • तनहुँ, १० असोज । व्यास नगरपालिकाले वडा नं १० स्थित दुम्सीचौरमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएपछि तनहुँ र छिमेकीसहित तीन जिल्लाका बासिन्दा लाभान्वित हुने भएका छन् ।

    कोभिड–१९ पीसीआर प्रयोगशाला नहुँदा स्वाब सङ्कलन गरी पोखरा पठाएको रिपोर्ट आउन ढिलाइ भएपछि जिल्लामै प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएसँगै तनहुँ, गोरखा र लमजुङका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

    उक्त प्रयोगशाला रु एक करोड ३२ लाख १५ हजार २६८ लागतमा सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड अस्पताल निर्माणका लागि नगरपालिकाले रु एक करोड ५४ लाखको बोलपत्र प्रकाशितसमेत गरिसकेको छ ।

    प्रयोगशाला सञ्चालन ल्याएकै स्थानमा रु ५० करोडको लागतमा प्रदेशस्तरीय अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढाइएको नगरपालिका कार्यालयले जनाएको छ । पीसीआर ल्याब सञ्चालनमा ल्याइएसँगै तनहुँ, लमजुङ र गोरखा गरी तीन जिल्लाका जनताको पीसीआर परीक्षणका लागि पोखरा तथा चितवन जानुपर्ने बाध्यता हटेको वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । पच्चीस÷पच्चीस श्ययाको अस्पताल निर्माण गर्ने योजनाअनुरुप उक्त क्षेत्रको करिब २८ रोपनी जग्गा स्थानीयले उपलब्ध गराएप्छि ल्याब सञ्चालन गर्ने कार्य अघि बढेको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

    पीसीआर ल्याब सञ्चालनका लागि सम्पूर्ण मापदण्ड पूरा भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वाब परीक्षणका लागि अनुमति प्रदान पाएसँगै सञ्चालनमा ल्याइएको हो । दुम्सीमा आधारभूत स्वास्थ्य केन्द्रलाई विस्तार गरी नगर कोभिड अस्पतालमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रयोगशालाबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने र त्यसको नतिजा साढे दुई घण्टामै प्राप्त हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.