सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पीसीआर प्रयोगशाला सञ्चालनपछि तीन जिल्लाबासी लाभान्वित हँुदै


  •    न्युजभित्तो/१० आश्विन २०७८, आईतवार १३:५० 
  • तनहुँ, १० असोज । व्यास नगरपालिकाले वडा नं १० स्थित दुम्सीचौरमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएपछि तनहुँ र छिमेकीसहित तीन जिल्लाका बासिन्दा लाभान्वित हुने भएका छन् ।

    कोभिड–१९ पीसीआर प्रयोगशाला नहुँदा स्वाब सङ्कलन गरी पोखरा पठाएको रिपोर्ट आउन ढिलाइ भएपछि जिल्लामै प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएसँगै तनहुँ, गोरखा र लमजुङका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

    उक्त प्रयोगशाला रु एक करोड ३२ लाख १५ हजार २६८ लागतमा सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड अस्पताल निर्माणका लागि नगरपालिकाले रु एक करोड ५४ लाखको बोलपत्र प्रकाशितसमेत गरिसकेको छ ।

    प्रयोगशाला सञ्चालन ल्याएकै स्थानमा रु ५० करोडको लागतमा प्रदेशस्तरीय अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढाइएको नगरपालिका कार्यालयले जनाएको छ । पीसीआर ल्याब सञ्चालनमा ल्याइएसँगै तनहुँ, लमजुङ र गोरखा गरी तीन जिल्लाका जनताको पीसीआर परीक्षणका लागि पोखरा तथा चितवन जानुपर्ने बाध्यता हटेको वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । पच्चीस÷पच्चीस श्ययाको अस्पताल निर्माण गर्ने योजनाअनुरुप उक्त क्षेत्रको करिब २८ रोपनी जग्गा स्थानीयले उपलब्ध गराएप्छि ल्याब सञ्चालन गर्ने कार्य अघि बढेको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

    पीसीआर ल्याब सञ्चालनका लागि सम्पूर्ण मापदण्ड पूरा भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वाब परीक्षणका लागि अनुमति प्रदान पाएसँगै सञ्चालनमा ल्याइएको हो । दुम्सीमा आधारभूत स्वास्थ्य केन्द्रलाई विस्तार गरी नगर कोभिड अस्पतालमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रयोगशालाबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने र त्यसको नतिजा साढे दुई घण्टामै प्राप्त हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.